Shittalpati
आज खेलकुद पत्रकार दिवस मनाइँदै

पाल्पा, आज जुलाई २ अर्थात् विश्व खेलकुद पत्रकार दिवस । विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । खासमा समाजमा खेलकुद पत्रकारले खेल्ने महत्वपूर्ण भूमिकाको सम्मानका लागि विश्व खेलकुद पत्रकार दिवस मनाउन थालिएको हो ।

सन् १९२४ जुलाई २ मा स्थापना भएको इन्टरनेसनल स्पोर्टस एसोसिएसन (एआईपीएस) को वार्षिकोत्सवको रुपमा समेत रहेको छ । एआईपीएसको मुख्यालय स्विट्जरल्याण्डमा रहेको छ । सन् १९९४ मा एआईपीएसले आफ्नो स्थापनाको वार्षिकोत्सव मनाउनको लागि विश्व खेलकुद पत्रकार दिवस सुरु गरेको हो । विश्व खेलकुद पत्रकार दिवसको उद्देश्य भनेको खेलकुद पत्रकारहरूको कामलाई प्रवद्र्धन गर्नु र उनीहरूले समाजमा खेल्ने महत्वपूर्ण भूमिकाको बारेमा जानकारी प्रदान गर्नु हो ।

खेलकुद पत्रकारहरूले खेलकुद घटनाहरूको बारेमा सही र छिटो जानकारी प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्छन् । अहिले हरेक सञ्चार गृहमा स्पोर्टस एउटा अपरिहार्य विट बनिसकेको छ । खेलकुदका समाचार विना कुनै पनि सञ्चार गृहबाट प्रसारण वा प्रकाशन हुने समाचार पूर्ण हुँदैनन् । विगतमा निकै थोरै संख्यामा मात्र खेलकुद पत्रकारहरु थिए । अहिले सञ्चार माध्यमको विकास र सञ्चार गृहको संख्या वृद्धि भएसँगै खेलकुद पत्रकारहरु पनि धेरै संख्यामा देखिन थालेका छन् । हरेक मिडिया हाउसको लागि खेलकुद नभइ नहुने विट त बन्यो, तर पनि नेपालको पत्रकारिता राजनीतिमा बढी केन्द्रीत रहँदा खेलकुद क्षेत्रका समाचारहरु भने छायाँमा पर्ने गरेका छन् ।

प्रकाशित मिति: आइतबार, असार १७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update