Shittalpati
गुरु पूर्णिमाको सार्थकता

आज गुरु पूर्णिमा हो । हरेक वर्ष आषाढ शुक्ल पूर्णिमाका दिन गुरु पूूर्णिमा पर्दछ । आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी यो मनाउने गरिन्छ । वैदिक धर्मग्रन्थ महाभारतका रचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको ब्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको हो । वेदव्यासले वेदान्त, अठार पुराण, उपनिषद् लगायतका धार्मिक ग्रन्थ लेखी हिन्दु संस्कृतिलाई ठूलो गुन लगाएको मानिन्छ । संस्कृत शब्द गुरुको शाब्दिक अर्थ गुको अर्थ अन्धकार र रु को अर्थ प्रकाश भन्ने हुन्छ । गुरु शब्दको विग्रह गर्दा ‘गिरति अज्ञानं इतिः गुरु’ अर्थात् अज्ञानलाई हटाएर ज्ञान प्रदान गर्ने व्यक्ति नै गुरु हुन् । आफूलाई शिक्षा प्रदान गर्ने गुरुको सम्मानमा शिष्यहरूले विभिन्न मिष्ठान्न भोजनका साथ श्रद्धाभाव प्रकट गर्ने परम्परा रही आएको र गुरुलाई आमा बुवा सरह मान्ने प्रचलन छ । गुरुलाई जताबाट अर्थ लगाए पनि उच्च स्थानमा राखिएको छ । जुनसुकै खालको विद्या वा शिक्षा प्रदान गर्ने व्यक्ति, शिक्षक अध्यापक, संगीतकला आदि सिकाउने व्यक्ति, गायत्री मन्त्र वा वेदमन्त्र र दीक्षा मन्त्रको रुपमा दिने व्यक्ति, बुद्धि बल, उमेर विद्या आदिमा श्रेष्ठ तथा आदणीय, मान्यजन वा पुज्य व्यक्ति सबैलाई गुरु भनेर सम्बोधन गरिएको छ ।

हामीले प्राप्त गरेको शिक्षा होस् चाहे हाम्रो सभ्यता र संस्कृतिको विकासको क्रमका कुराहरु होउन गुरुको योगदान र महत्वलाई बिर्सन मिल्दैन । यो संसारमा जति पनि योग्य र गुणवान व्यक्तिहरुको नाम हामी सुन्दछौं ती सबै गुरुको बचन शिक्षा तथा मेहनतले उच्च स्थानमा पुग्न सफल भएका हुन् । वि नागुरु यो दुनियाँमा कोही पनि उच्चपदस्थ व्यक्ति बन्न सकेको पाइँदैन । मानव जीवनका कुरा मात्र होइन देवताका पनि गुरु भएको कुरा विभिन्न पुराण तथा शास्त्रहरुमा उल्लेख भएको पाइन्छ । अज्ञानरुपी अन्धकारबाट ज्ञानतर्फ डो¥याउने गुरु र गुरुत्वको सम्मान र स्मरण गर्नु आफैमा राम्रो परम्परा हो । वैदिक सनातनी हुन् वा बौद्ध, इसाई वा इस्लाम सबैको जीवनमा गुरू र गुरूत्वको महत्व समान हुन्छ । उनीहरुकै कृपा र सहयोग भएमात्र मानवजातिले ज्ञान, सीप ग्रहण गर्दछ । त्यही ज्ञान र सीपका आधारमा जीवन गति र व्यवहार सञ्चालन हुन्छ । यसअर्थमा गुरू औपचारिक ज्ञान दिने मात्र होइन आफूभन्दा उमेर, ज्ञान, सीप र चेतनाले जो अघि छन् ती सबै गुरू हुन् । गुरूको पूजा भनेकै ज्ञान र सीपको पूजा हो । मानिसलाई ठीक–बेठीक, सत्य–असत्य, न्याय–अन्याय, प्राकृतिक र कृत्रिमको भेद सिकाउने चेतना नै गुरूत्व हो । आजको दिन गुरुप्रति भक्ति प्रकट गर्नेहरुका लागि अति उत्तम हो । तर यो अवसर आज मात्र लिने होइन, सधँैंभरी लिनुपर्छ । गुरुको सम्मान एक दिन मात्र होइन सधंैव गर्न सकियो भने मात्र गुरु पूर्णिमा मनाउनुको सार्थकता रहन्छ ।

प्रकाशित मिति: सोमबार, असार १८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update