Shittalpati
रामपुर नगर सरकारले दियो विद्यार्थीहरुलाई छात्रवृत्ति

पाल्पा, विद्यार्थीहरुमा पढाईप्रति उत्साह जगाउन जिल्लाको रामपुर नगर सरकारले छात्रवृत्ति दिने गरेको छ । उसले मेयर छात्रवृत्ति कार्यक्रम मार्फत नगर भित्र अध्ययन गर्ने सबै तहका विद्यार्थीहरुका लागि छात्रवृत्ति दिने गरेको हो ।

पालिकाले नगर भित्र सञ्चालित क्याम्पस र सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको लागि छात्रवृत्ति दिने गरेको छ । अहिले कक्षा १ देखि स्नातकोत्तर तह अध्ययरत ६७ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको छ । रामपुर नगरपालिका प्रमुख रमणबहादुर थापाले विद्यार्थीहरुमा उत्प्रेरणा र उत्साह जगाउन छात्रवृत्ति वितरण गर्दै आएको बताए । उनले सबैलाई शिक्षाको पहुँचमा पुु¥याउन नगर सरकार सधै प्रतिवद्ध रहेको बताए ।  नगर प्रमुुख थापाले भने ‘ हामीले कुनै पनि बालबालिका शिक्षाबाट बञ्चित नहुन भन्ने उद्देश्य राखेर काम गरेका छौं ।’ यसै वर्षबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई चिकित्साशास्त्र तथा प्राविधिक शिक्षा ग्रहणका लागि सहयोग गर्ने समेत उनले बताए । साना कक्षादेखि ठूूला कक्षामा पढ्ने विद्यार्थीलाई छनौट गरेर छात्रवृत्ति वितरण गर्ने गरिएको थापाको भनाई छ ।

विगतका वर्षमा विद्यालय तथा क्याम्पसको खातामा पठाएर छात्रवृत्ति वितरण गर्ने गर्दै आएकोमा यस वर्ष नगरपालिकाबाटै छात्रवृत्ति प्रदान गरिएको उनले बताए ।  छात्रवृत्ति वितरणन कार्यक्रममा उपप्रमुख बालकुमारी थापाले कार्यविधि बनाएर छात्रवृत्ति वितरण गरिरहेको बताईन ।  उनले विद्यार्थी छनोट गर्दा छात्रवृत्ति रकम सहि उपयोग हुने गरी विद्यार्थी सिफारिस गर्न विद्यालयलाई आग्रह गरिन् ।  कार्यक्रमले नगर भित्र दक्ष र स्वालम्बी नागरिक निर्माणमा टेवा पुुग्नेमा उनले विश्वास व्यक्त गरिान् ।

शहीद बहुमुखी क्याम्पस रामपुरका क्याम्पस प्रमुख मुरारी काफ्लेले छात्रवृत्ति कार्यक्रमले विद्यार्थीहरुमा थप उत्साह जगाएको बताए । उनले यस्तो कार्यले  पढाईमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे । दरैठाँटी माविका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटाले शिक्षा लिन चाहने विद्यार्थीहरुका लागि यस्ता छात्रवृत्तिले ठूूलो सहयोग पुग्ने बताए ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लेखनाथ न्यौपानेले दक्ष जनशक्ति उत्पादन गर्न शैक्षिक क्षेत्रमा लगानीसँगै, निःशुल्क लोकसेवा कक्षा सञ्चालन, छात्रवृत्ति वितरण तथा विद्यालयमा विभिन्न सामग्री सहयोग गर्दै आइएको बताए । नगरपालिकाले २०७६÷०७७ देखि नै कार्यविधि बनाएर मेयर छात्रवृति प्रदान गर्दै आईरहेको छ ।

अहिले नगरपालिकाले ६७ जना विद्यार्थीहरुहरुलाई ६ हजार २ सय देखि ३० हजार सम्मका छात्रवृति प्रदान गरेको नगर प्रवक्ता कपिलबहादुर खाँणले बताए । उनका अनुसार ७ लाख ४८ हजार ६ सय ५० बराबरको छात्रवृत्ति विद्यार्थीहरुलाई प्रदान गरिएको हो । प्रमुख प्रशासकिय अधिकृत लेखनाथा न्यौपानेको अध्यक्षता,नगर शिक्षा अधिकृत विकल काफ्लेलेको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update