Shittalpati
‘नारी’ टेलिभिजन प्रसारणमा

काठमाडौं, नेपालको पहिलो महिला टेलिभिजन च्यानलका रुपमा ‘नारी’ टेलिभिजनको एचडी प्रशारण प्रारम्भ भएको छ । नारीका नसुनिएका कथा, उत्पीडनको व्यथा, भूमिका र महत्व, समाज परिवर्तनमा अग्रसरतालगायतका कुरालाई टिभीले समेट्ने उद्देश्य राखिएको अध्यक्ष निकिता पौडेलले जानकारी दिइन् ।

उनले भनिन्, ‘महिलाका हकहित, अधिकारका निमित्त टिभी सदैव क्रियाशिल रहने छ, नारीहरुको आवाजका रुपमा पहिलो महिलासम्बन्धी टेलिभिजन प्रसारणमा ल्याउन पाउनु अवसर हो ।’प्रसारण प्रारभ्म भएसँगै ‘माइती घर’ र ‘आजको नारी’ नामक कार्यक्रम र समाचार पनि प्रसारण गरिएको छ । बाजुराको बूढीगङ्गा नगरपालिका–१० मा एक कार्यक्रमको आयोजना गरी टेलिभिजन औपचारिकरुपमा प्रसारणमा ल्याइएको हो ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update