Shittalpati
पाल्पाको एसईई नतिजा : एक जनाले ल्याए चार जिपिए,एक सय नौ जनाको ए प्लस

पाल्पा,राष्ट्रिय परिक्षा बोर्डले बिहीबार प्रकाशित गरेको एसईई परिक्षा २०७९ को रिजल्टमा पाल्पाबाट   एक जनाले चार जिपिए ल्याएका छन्  । पाल्पा पोलस्टार  सेकेन्डरी स्कुलका एक विद्यार्थीले  चार जिपिए ल्याएका हुन् ।

यस्तै जिल्लाबाट १सय ९ जना विद्यार्थीले ३.६ देखी माथी जिपिएका साथ ए प्लस  ल्याएका छन्  ।  २ सय २५ जना विद्यार्थीले ३.२ देखी ३.६ सम्म जिपिए ल्याई ए ल्याएका  छन्  । यस्तै ४ सय ७५ जनाले  २.८ देखी ३.२ सम्म जिपिए ल्याई वि प्लस, ७ सय ४३ जनाले २.४ देखी २.८ सम्म जिपिएका साथ वि, १हजार २३ जनाले  २ देखी २.४ जिपिए ल्याइ सि प्लस ल्याएको शिक्षा विकास तथा समन्वय पाल्पाले जनाएको छ।  

यसैगरी १ हजार १ सय ९९ जनाले  १.६ देखी २ जिपिएका साथ सि,  ५ सय ६१ जनाले १.२ देखी १.६ सम्म जिपिएका साथ डि प्लस र ४९ जनाले  ०.८ देखी १.६ जिपिएका साथ डि अंक ल्याएको  शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख महेन्द्र सुवेदीले जानकारी दिए । 

राष्ट्रिय परिक्षा बोर्डले २ जिपिए भन्दा तल अंक ल्याउने परिक्षार्थीहरु लाई ग्रेड बृद्धिको लागि  मौका परिक्षाको लागि अवसर समेत दिएको इकाइ प्रमुख सुवेदीले बताए । विगतका तुलनामा पाल्पाको नतिजा सन्तोषजनक रहेको इकाइ प्रमुख सुवेदीले बताए । 

पाल्पामा सबैभन्दा बढी पाल्पा पोलस्टार  सेकेण्डरी स्कुलका तानसेन प्रभासका विधार्थीले ४ जिपिए ल्याएका हुन । सरकारी तर्फ  भने सबैभन्दा बढी जनता नमुना विद्यालय तानसेन पाल्पाबाट १८ जनाले ए प्लस ल्याएका छन्  । 

एसइई २०७८ मा  ५२ जनाले ए प्लस, २ सय ५२ जनाले ए, ५ सय ८ जनाले वि प्लस, ७ सय ८२ जनाले वि, १ हजार ३सय ८१ जनाले सि प्लस, १ हजार २ सय५१ जनाले सि, ४ सय१३ जनाले डि प्लस, र १सय २२ जनाले डि नतिजा ल्याएका थिए । 

 एसईई २०७७ मा ४९ जनाले ४ जिपिए, ५सय ५७ जनाले ३.६ देखी ४ जिपिए, ८सय ७१ जनाले ३.२ देखी ३.६ जिपिए, १ हजार ३ सय १४ जनाले २.८ देखी ३.२ जिपिए,१ हजार ५ सय ५५ जनाले २.४ देखी २.८ जिपिए, ५ सय ५९ जनाले २.० देखी २.४ जिपिए र २८ जनाले १.६ देखी २ जिपिए प्राप्त गरेका थिए । २०७७ मा  कोरोना सक्रमणको कारण  विद्यालयले नै कक्षा १० को आधारमा विद्यार्थीको नतिजा राष्ट्रिय परिक्षा बोर्डमा पठाएका थिए । पाल्पामा यस बर्ष ४ हजार ४ सय २५ जनाले परिक्षाको फारम भरेपनि ४९ जना अनुपस्थित रहेका थिए ।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update