पाल्पा, बौद्ध धर्मलम्वीहरुको संस्था बौद्ध युवा संघ पाल्पाको नयाँ नेतृत्वलाई पद हस्तान्तरण गरिएको छ । संघको १७ औं अधिवेशनबाट निर्वाचित भएर आउने नेतृत्वलाई पुरानो नेतृत्वले पद हस्तान्तरण गरेको हो ।
शनिबार एक औपचारिक कार्यक्रमकाबिच पदहस्तान्तरण गरिएको संघले जनाएको छ । संघको अध्यक्षमा रोदित राज शाक्य, उपाध्यक्षमा विवेक काजी शाक्य, सचिवमा अनुुराधा बज्राचार्य, कोषाध्यक्षमा विजय बुद्धाचार्य र सह– सचिवमा अनुजा बज्राचार्य रहेका छन् । यस्तै सदस्यहरुमा अञ्जला बज्राचार्य, लक्ष्मी शाक्य, सतिशराज शाक्य, कुुसन कुमार बज्राचार्य, अभयराज शाक्य, मख्नमाया बज्राचार्य, प्रतिक्षा बज्राचार्य, जिया महर्जन र शुुसिला शाक्य रहेको नवर्निवाचित उपाध्यक्ष विवेककाजी शाक्यले जानकारी दिए । सोही अवसरमा निर्वाचन अधिकृत जीवन मान बजाचार्यले नवनिवार्चित अध्यक्ष रोदितराज शाक्यलाई शपथ खुवाएका थिए । अध्यक्षले शपथ लिएसँगै अन्य पदाधिकारीलाई शपथ खुवाएका हुन् ।
पदहस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि भिक्षु विमलानन्द मेमोरियल द«ष्टका अध्यक्ष पूर्ण माया महर्जन,विशिष्ट अतिथि विपश्ना ध्यान समुह पाल्पाका संयोजक छत्रराजशाक्य, चुडाकर्म ब्रतबन्ध संघका अध्यक्ष विरेन्द्र काजी शाक्य, संघका पूर्व अध्यक्ष एंव सल्लाहकार लगायतले नयाँ नेतृत्वलाई सफलताको शुुभकामना व्यक्त गरे । कार्यक्रमको उद्घाटन शत्र संघका निवर्तमान अध्यक्ष किशोर दर्शन बजाचार्यको अध्यक्षता, निवर्तमान सचिव विवेक काजी शाक्यको सञ्चालनमा भएको थियो ।
गौतमबुद्धको उपदेश सेवा नै धर्म हो भन्ने भावलाई आत्मसाथ गर्दै संघले जिल्लामा विभिन्न सामाजिक काम गर्दै आएको छ । उसले बेला बेलामा आश्रममा रहेका व्यक्तिहरुलाई खाद्यान्न र आर्थिक सहयोग समेत गर्दै आएको छ ।