Shittalpati
तानसेन टुँडिखेलमा लायन्स क्लवले गर्‍यो वृक्षारोपण

पाल्पा, तानसेनस्थित टुँडिखेलमा लायन्स क्लव अफ पाल्पा तानसेनले वृक्षारोपण गरेको छ । क्लवले शनिबार टुँडिखेलमा पुगेर ३० प्रजातिका विरुवा रोपेको हो । वातावरण स्वच्छ, हरियाली बनाउने उद्देश्यले क्लवले वृक्षारोपण गरेको जनाएको छ ।

वृक्षारोपणमा क्लवका सदस्यहरुसहित तानसेन नगरपालिकाकी उपप्रमुख प्रतिक्षा सिंजाली गाहा, तानसेन नगरपालिका– ६ का वडा अध्यक्ष एवं क्लवका निवर्तमान अध्यक्ष सागरमान महर्जन लगायतका विशिष्ट व्यक्तित्वहरु त्यहाँ पुगेका थिए । वृक्षारोपणमा पुगेकी उपप्रमुख गाहाले वातावरणीय जस्तो संवेदनशील विषयमा क्लवले देखाएको चासो र सक्रियता प्रशंसनिय रहेको बताईन् । उनले स्वच्छ र हराभरा वातावरण निर्माणका लागि वृक्षारोपणले महत्वपूर्ण भूमिका खेल्ने  धारणा व्यक्त गरिन् । उपप्रमुख गाहाले भनिन् ‘विरुवा लगाउनु राम्रै भए पनि त्यसको संरक्षणमा समेत उत्तिकै ध्यान दिन जरुरी छ ।’ उनले रोपण गरेका विरुवाहरुको संरक्षणमा ध्यान दिन पनि क्लवलाई आग्रह गरिन् ।

यहाँ विभिन्न फुल जातका विरुवाहरु रोपिएको छ । वृक्षारोपणका लागि डिभिजन वन कार्यालय पाल्पाले विरुवा सहयोग गरेको थियो । सामाजिक कार्यसँगसँगै क्वले वतावरणीय सरसरफाईलाई समेत ध्यान दिर्दै आएको क्वलका निवर्तमान अध्यक्ष तथा वडा अध्यक्ष सागरमान महर्जनले बताए । उनले तानसेन आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षक र मनोमहक दृश्य अवलोकनका लागि टुँडिखेलमा गरिएको वृक्षारोपणले महत्वपूर्ण टेवा पुग्नेमा विश्वास  व्यक्त गरे । वृक्षारोपणका लागि लायन्स डिष्ट्रिक ३२५ पि का एफ डब्लुसी कोडिनेटर ला.सुशिल प्रधान, ला. मधुदयाल सैजु, ला. राजीव शाक्य लगायतका व्यक्तिहरु टुँडिखेल पुगेका थिए । वृक्षारोपण पश्चात भएको औपचारिक कार्यक्रम  क्लवका अध्यक्ष अमनप्रसाद श्रेष्ठको अध्यक्षता, कार्यक्रमका संयोजक टंक घिमिरेको स्वागत, सचिव विवेककाजी शाक्यको सञ्चालनमा भएको थियो ।

प्रकाशित मिति: शनिबार, असार २३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update