तिनाउ नदीमा एक युवक मृत फेला
रूपन्देही, तिनाउ नदीमा एक युवक मृत फेला परेका छन् । बुटवलको तिनाउ खोला किनारमा एक युवकको शव फेला परेको हो । तिनाउ नदीमा रहेको पक्की पुलको तलपट्टी नदी किनारमा बुटवल उपमहानगरपालिका–५ शान्ति टोलका २० वर्षीय सुमन विकको शव फेला परेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
शरीरमा घाउ चोट नदेखिएको तर पनि केही शंकास्पद देखिएकाले बताइएको छ । शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ । आइतबार बिहान खोला किनारमा पानीमै डुबेको अवस्थामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर लगतै प्रहरी घटनास्थल पुुगेर अनुुसन्धान थालेको छ ।
प्रकाशित मिति: आइतबार, असार २४, २०८०
प्रतिक्रिया दिनुहोस्