Shittalpati
सरकार र संसद

हाम्रो मुलुकमा सरकार कसरी चलिरहेको छ भन्ने कुराको अनभूत भने आम नागरिकले गर्न सकेका छैनन् । त्यसैकारण जनमानसको मानस्पटलमा सरकार केवल नाम मात्र हो, सरकारले गर्नुपर्ने काम खासै केही पनि भएका छैनन् भन्ने अनुभूत बाहेक केही पनि हुन सकेको देखिदैन । जनताका न्यूनतम आवश्यकतालाई तीनै तहका सरकारले गम्भीर भएर अभिभावकत्व लिनुपर्नेमा त्यसो भएको पाइदैन यहाँ । सरकार आफैमा निरीह र जनता प्रति उत्तरदायी हुन सकेन भने भविश्यका लागि समयानुकुलको मुलुक परिकल्पना गर्न गाह्रो हुने अवश्यम् भावी छ । शिक्षा, स्वास्थ्य अनि गास र वासको ग्यारेन्टी गर्ने कुरामा सरकारहरु चुकेका छन् । विकासका नाममा बाटा अनि कुला र कुलेसा खनेर मात्र विकासले गति लिइरहेको छ भन्न मिल्दैन । त्यसकारण पनि यी सरकारहरुले भौतिक पूर्वाधारका साथै देशले नैतिकवान नागरिक उत्पादनका दीशातर्फ ध्यान दिनु आजको आवश्यकता हो ।

नागरिकलाई प्रत्यक्ष फाइदा हुने कुरा र देशले भविश्यमा प्राप्त गर्ने उपलब्धीका विषयमा जनचासो देखाउनु मात्रै नभएर प्रभावकारी र दीर्घकालीन सोंचलाई वहुजन हितायको सिद्धान्त अनुरुप अगाडि बढ्नुपर्ने हुन्छ । सरकार आफैमा नागरिकको नजिकको अभिभावक र देशलाई संसारकै उत्कृष्ट मुलुकका रुपमा अगाडि बढाउने काममा लागि पर्ने महत्वपूर्ण अंग पनि हो । त्यसकारण सरकार आफैमा गम्भीर र जिम्मेवार हुनुको विकल्प छैन । संसद केवल प्रतिपक्षका लागि मात्र बनेको होइन, सत्तामा भएका सांसदले पनि संसद प्रतिको आफ्नो उत्तरदायित्व र सरकारलाई दीशा निर्देश गर्ने काममा सहयोगी र समआलोचक दुवै बन्नुपर्ने हुन्छ । अनि मात्र सरकार नागरिक प्रति उत्तरदायी हुन सक्छ ।  

प्रकाशित मिति: बुधबार, असार २७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update