Shittalpati
आज विश्व युवा दक्षता दिवस मनाइँदैं

पाल्पा, जुलाई १५ तारिख अर्थात् आज विश्व युवा दक्षता दिवस विभिन्न कार्यक्रम गरी नेपालसहित विश्वभर मनाइँदै छ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले निर्णय गरेपछि संसारभरका युवाको समाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक आदि पक्षलाई सुदृढ गर्ने उद्देश्यले यो दिवस मनाउन लागिएको हो ।

दिवसले युवाहरूलाई उचित प्रशिक्षण प्रदान गर्ने र मर्यादित काम, रोजगारी र उद्यमशीलताको लागि सीपहरू सिर्जना गर्ने कुरामा जोड दिन्छ । वर्ष २०२३ को युवा दक्षता दिवसले कोभिड महामारी पछि युवाहरूलाई चाहिने रोजगारीमूलक सीपहरूमा विशेष जोड दिएको छ । वयस्कहरूभन्दा युवाहरू बेरोजगार रहने सम्भावना तीन गुणाले बढिरहेको तथ्याहरूले देखाउँछ । बेरोजगार मात्र होइन, उनीहरूले रोजगार पाइहालेमा पनि निम्न गुणस्तरको काम पाउने र काममा असुरक्षा र असमानता हुने गरेको पाइएको छ । अझ युवतीहरू बेरोजगार रहने सम्भावना झनै बढी छ । यस वर्षको नारा शिक्षक, प्रशिक्षक र युवाहरूलाई सिपयुक्त बनाउने रहेको छ ।

 सरकारले वैदेशिक रोजगारलाई समेत व्यवस्थित गर्न सकेको छैन । हाल रेमिटेन्स कुल ग्रार्हस्थ्य उत्पादनको ३ प्रतिशत बाट बढेर २१ प्रतिशत हुन पुगेको अनुमान छ । देशमा शान्ति सुरक्षा व्यवस्थापन कार्यमा सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता एकातिर छ भने अर्कोतिर एक दशकभन्दा बढी समयदेखि द्वन्द्वग्रस्त बनेको हाम्रा मुलुकले राजनीतिक परिवर्तनसँगै आर्थिक, सामाजिक तथा विकासका हिसाबले पनि काँचुली फेर्न सक्ने अवस्था युवावर्ग आफंैले सिर्जन गर्नुपर्छ ।

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update