Shittalpati
पाल्पामा लाइसेन्सका लागि ‘ट्रायल’ 

पाल्पा, पाल्पामा  दुई पांग्रे सवारी साधनको लाइसेन्सका लागि ट्रायल (परीक्षण) शुक्रबारबाट सुरु भएको छ । यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले पहिलो पटक मोटरसाइकल तर्फ वर्ग (ए) र स्कुटरतर्फ वर्ग (के) को नयाँ लाइसेन्स जारी गर्न ट्रायल लिएको हो ।

तराईमा मात्र हुँदै आएको ट्रायल पहाडी जिल्ला पाल्पाबाट पहिलो पटक सुरु भएको छ । लुम्बिनी प्रदेशसभा सदस्य वीरबहादुर रानाले ट्रायलको शुभारम्भ गरेका हुन् । एक साताअघि लिखित परीक्षा लिएर दुई पांग्रे स्कुटी र मोटरसाइकलको ट्रायल गराइएको हो । लिखित परीक्षमा उत्तीर्ण १ सय ९० जनाको ट्रायल लिइएको यातायात सेवा व्यवस्था कार्यालयका प्रमुख केशव सुनारले बताए । पहिलो पटकको लिखित परीक्षामा २ सय जना परीक्षार्थीहरु सहभागी भएका थिए  । परीक्षार्थीले लिखित परीक्षामा ६० अंक ल्याएमा पास हुने व्यवस्था रहेको छ । लिखित परीक्षामा पास भएका परिक्षार्थीहरुको मात्र (ट्रायल) परीक्षा दिएका हुन् । यातायात कार्यालय बुटवलमा मात्र अत्याधिक भिडभाड बढेपछी लुम्बिनी प्रदेश यातायात व्यवस्था विभागले पाल्पामा पनि दुई पाङ्ग्रे सवारी साधनको परीक्षाको लागि व्यबस्था मिलाएको हो ।

यसअघि साना सवारीसाधनको लाइसेन्सको ट्रायल दिन दुई–तीन दिन लगाएर बुटवल, काठमाडौं, नेपालगन्जलगायतका स्थानमा धाउनुपर्ने बाध्यता थियो । ट्रायल सेन्टरबाट पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँचीका बासिन्दा लाभान्वित भएका छन् ।

प्रकाशित मिति: शनिबार, असार ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update