Breaking news
तानसेन खानेपानीको कार्यालयमा लागेको ताला फोरिदै
तानसेन, तानसेन खानेपानी उपभोक्ता तदर्थ समितिले आज अहिले केही समयपछि समितिको ताला फोरेर मुचुल्का तयारी गरी आज देखि कार्यालय सुचारु गर्ने निर्णय भएको छ ।
डा पुरनमान वज्राचार्यको अध्यक्षातामा रहेको पुरानो समितिलाई विघठन गरी असार २१ गते तानसेन नगरपालिकाले मोहन प्रसाद श्रेष्ठको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो । गठित तदर्थ समितिले पुरानो विघठीत समितिसंग पटक पटक वरवुजारत गरी साचो बुुझाउन आग्रह गर्दै आएकोमा साचो नवुझाई मुद्दा मामलामा लागेको थियो । उपभोक्ताको चाहना अनुसार काम गर्न ढिलो भए पछि ताला फोर्न वाध्य भएको तदर्थ समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले पत्रकार सम्मेलनमा सार्वजनिक गरे ।
प्रकाशित मिति: आइतबार, असार ३१, २०८०
प्रतिक्रिया दिनुहोस्