काठमाडौं नेपालको संघीय सरकारको राजधानी हो तर आजभोली काठमाडौं शहरलाई जनता भन्दैछन् बालेन शहर । नभनुन् पनि कसरी यतिका वर्ष होला की ? भन्ने आशमा अस्त व्यस्त, भिडभाड, फोहोरका थुप्रोमा बसेका काठमाडौवासीलाई छोटो अबधिमै विकासका रुपरेखाहरु देखाउन सफल भैसकेका छन् मेयर बालेन शाह । प्रविधिमैत्री, समयको माग अनुसारको विकासका समाचारहरुले काठमाडौवासीलाई मात्रै कहाँ हो र ? यसले पुरा देशवासीलाई नै हर्षित र आशाका किरणहरु अनुभुति गराएको छ । बालेनको कार्य शैलीले काठमाडौवासीलाई मात्रै हैन आम जनतामा देश विकासको भावना योजना र दृष्टिकोण भएका नेतृत्वहरु अब आउने छन्, मात्रै अब चार वर्ष कुरौ न भन्ने सकरात्मक सोचको विकास गराएको छ । आममतदाताको सोचमा परिवर्तनको संकेत देखिएको छ । यति थेरै स्रोत र साधनले सम्पन्न हामी असल नेतृत्व र कार्यशैलीको अभावमा माल पाएर चाल नपाएको अवस्थामा कुन देशले सहयोग देला र विकास गरौला भन्ने सोचमा परिवर्तनको संकेत देखिएको छ । अनि सोचमा परिवर्तन गर्न लागि परेका छन् हर्क साम्पा·, बालेन शाह । जनता भन्दैछन् देश विकास गर्नु छ । जनताको जीवनस्तर सुधार गर्नु छ भने बालेन कार्य शैली देशको लागि आवश्यकता हो । यसैसँग सम्बन्धित रहेर यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।
निडर, ऐन नियमका परिपालक, स्पष्ट र दिशानिर्देश दृष्टिकोण, योजनाकार, आलोचना सहन सक्ने बालेन्द्र शाहको शैली जनतालाई आर्कषित गर्ने पक्षहरु हुन् । बि.स २०४७ बैशाख १४ गते काठमाडौको नरदेवीमा जन्मेका उनले हवाइट हाउस इन्स्टिच्युट अफ टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक र भारतको कर्नाटकमा रहेको विश्वेश्वरया प्रौद्योगिकी विश्वविद्यालयबाट स्ट्रक्चरल इन्जिनियरिङमा स्नाकोत्तर गरेका छन् । वि.स २०७२ को भूकम्प पछि उद्दार तथा राहतको कार्यमा आफुलाई सक्रियरुपमा समाज सेवामा उपस्थिती जनाएका उनले त्यो भन्दा बढी युवा पुस्तामा लोकप्रीय र्यापरको रुपमा छुट्टै पहिचान सहित आफुलाई स्थापित गरिसकेका छन् ।
वि.स २०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवारको रुपमा पुरानो स्थापित दल र उम्मेदवारलाई भारी मत अन्तरले पराजित गरेपछि उनको चर्चा युवामा मात्रै सिमित रहेन आम जनमानसमम्म चुलिन पुगेको देखिन्छ । मेयर पदमा निर्वाचितसँगै फरक कार्यशैलीलाई निरन्तरता दिएका उनले करीब १ वर्षको अवधिमा आफु मात्रै चिनिएनन् राजनीति वृत्तमा एउटा छुट्टै अर्थ स्थापित गर्न सफल भएको देखिन्छ । उनकै कार्य शैलीका कारण एकातिर पुराना राजनीतिक दल र नेतृत्वप्रति थप वितृष्णा उत्पन्न भएको देखिन्छ भने अर्को तर्फ गर्ने भनेकै स्वतन्त्र उम्मेदवारले रहेछ भन्ने छाप पनि नमेटिने गरी लेखिएको देखिन्छ । बालेन विकासका कुरामा मात्रै हैन हरेक जल्दाबल्दा विषयमा आफ्नो दरिलो उपस्थिती देखाउने गर्दछन् । धर्म संस्कृतीको संरक्षण, राष्ट्र र राष्ट्रियता, शिक्षा, स्वास्थ्य जस्ता जनमानसलाई प्रत्यक्ष प्रभाव पार्ने क्षेत्रमा उनले उठाएका कदमहरु र कार्य अनुकरणीय नै देखिने गर्दछ । जनप्रतिनिधि भनेको जनताको प्रतिनिधि हुन् ।
जनप्रतिनिधि कस्तो हुनुपर्दछ भन्ने कुरालाई उनले यो छोटो अबधिमा प्रमाणित गराएर देखाइसकेका छन् । यति मात्रै कहाँ हो र यो पाँच वर्षको अवधिमा काठमाडौलाई बस्न लायक प्रमुख शहरको रुपमा स्थापित गर्ने कुरामा आशावादी बनाईसकेका छन् । काठमाडौको सबै भन्दा ठूलो समस्याको रुपमा रहेको फोहोर व्यवस्थापनलाई व्यवस्थित उन्मूख गर्न सफल भएका छन् । अव्यवस्थित फुटपात व्यापार, पार्किङका कारण अनावश्यक भिडभाड देखिने, सर्वसाधरण सहज पैदल यात्रा पनि गर्न नसक्ने काठमाडौका स्थानहरु खुल्ला र फरक स्वरुपमा देखिन थालेका छन् । अस्तव्यस्त ट्राफिक, घण्टौ जाममा बस्नु पर्ने अवस्थामा केहि सुधार भएको देखिन्छ । काठमाडौका मुख्य सडक र स्थानहरुलाई धुलो रहित, रगीचङ्गी हरीयाली बनाउन सफल भैसकेको देखिन्छ । विद्यालयलाई हप्ताको एक दिन शुक्रबार पुस्तकरहित बनाई प्रबिधि मैत्री, सीपयुक्त र व्यवहारीक शिक्षा दिने पक्षको थालनी गर्नु राम्रो पक्षको रुपमा रहेको देखिन्छ । शिक्षा र स्वास्थयमा रहेको सर्वसाधरणको पहँुचका लागि ऐनमा भएको व्यवस्थालाई अक्षरशं पालना गर्ने पक्षमा उनी लागेको देखिन्छ । प्रत्यक्ष सर्वसाधरणले महशुस गर्न सक्ने बाहेक धेरै कार्यक्रम र योजनाहरु उनले थालनी गरिसकेका छन् । आ.ब २०८०/०८१ का लागि वस्तुपरक, व्यवहारिक र कार्यान्वयन योग्य योजना तथा कार्यक्रम प्रस्तुत गरेका छन् । यो वजेट कार्यान्वयनको अन्तिम अवस्थामा पुग्दा काठमाडौ एउटा सुन्दर शहर बन्ने मार्गमा अघि बढ्ने सहजै अनुमान लगाउन सकिन्छ । जनमानसले बजेटको आकार र तय गरेका योजनालाई लिएर भन्ने गरेको पाईन्छ, संघीय सरकारलाई ओझेल पार्ने बजेट ।
बालेनको कुरा र चर्चा गर्दै गर्दा, उनको नाम लिदै गर्दासँगै आउने नाम हो हर्क साम्पाङ, उनले पनि धरानमा एउटा छुट्टै विकासको क्रान्तिको सुरुवात गरिरहेका छन् । यी दुई हर्क साम्पाङ र बालेनलेको कार्य शैली देखेर जनता भन्दैछन् गरे त हुँदो रहेछ नि । यहा स्रोत साधनको अभाव होइन, काम गर्ने इच्छा शक्तिको अभाव पो रहेछ । यी दुवैले विकासमा दुई फरक सिद्धान्तको अभ्यास गरेका छन् यो बाँकी नेतृत्व तहमा पुगेकाहरुका लागि अनुकरणीय पनि रहेको देखिन्छ । राम्रो कार्यको अनुकरण गर्न नेतृत्व हिचकिचाउनु पनि हुँदैन । केहि छिटफुट विरोधका सवाल बाहेक यी दुवैलाई आ–आफ्नो स्थकनबाट व्यापक सहयोग र साथ रहेको सजिलै अनुमान लगाउन सकिन्छ । पुराना राजनीतिक दलको दबदबाह उनीहरुलाई स्वतन्त्रको कार्यशैलीबाट आफु जनता बीच अलोकप्रीय हुने मनोवैज्ञानिक त्रास जसको कारण विभिन्न नाममा सिर्जना हुने समस्या, कर्मचारीतन्त्र पुरानै दल, अदालत परम्परा र पुरानै ऐन नियमकै भर पर्ने त्यसैमा रमाउने, संघीय तथा प्रदेश सरकारहरु स्वतन्त्र अनुकुल नहुनु मुख्य कारणहरु बेला बेलामा बालेन, साम्पाङको योजना र कार्यक्रममा समस्या सिर्जना भइरहेको देखिन्छ । तर पनि समस्यासँग जुधेर कार्य निश्कर्षमा पु¥याउनका लागि यी दुई स्वतन्त्र जनप्रतिनिधिहरु सफल भएको देखिन्छ । यहि कारण जनता भन्दैछन् देश विकास गर्न, जनताको दैनीकी र जीवनस्तरमा सुधार गर्न बालेन शैली नै आवश्यक रहे छ । उनीहरु भन्दै छन् बालेन शैली हैन बालेन शाशनको रुपमा यसलाई विकास र विस्तार गर्दै लैजानु पर्दछ । परम्परागत कार्य शैलीलाई चिर्दै बागमतीलाई सफा रुपमा फर्काउन, बास्तविक सुकुम्वासीको पहिचान गरि सुकुम्वासी समस्या समाधान गरी सुकुम्वासी मुक्त नदी किनारा बनाई अगाडि बढ्न, जनस्ंवास्थयलाई हेरेर विषादी मुक्त फलफुल तरकारी काठमाडौबासीले उपभोग गर्न चुनौती देखिएता पनि त्यो उपलब्धी हासील गर्ने क्षमता भने उनमा रहेको देखिन्छ । बालेन जे बोल्छन् त्यो गर्दछन् भन्ने धारणा काठमाडौवासी जनतालाई मात्रै नभएर पुरा नेपाली जनमानसमा गराएको देखिन्छ ।
केहि आलोचकहरुले बालेन शैली नभएर बालेन शाशन हो भनेता पनि बालेन काठमाडौका मेयर मात्रै होइनन् आम नेतृत्व कर्ताका लागि पथ पर्दशक, आम नागरिकका लागि भरोषाका केन्द्रका रुपमा आफ्नो कार्यकालको छोटो समयमै आफुलाई स्थापित गरि सकेका छन् । विकासका कार्यमा मात्रै होइन सार्वभौम राष्ट्रियता लगायतका जलदाबल्दा विषयमा उनको चट्टानी अडान प्रशंसा गर्न लायक नै देखिन्छ । उनलाई सस्तो लोकप्रियता कमाई कुनै स्वार्थ पुरा गर्नु पनि छैन । मात्रै एउटै उद्देश्य देखिन्छ काठमाडौलाई सफा, सुन्दर र स्रोत साधनले सम्पन्न विश्वकै उत्कृष्ट शहर बनाउनु । यहि उद्देश्य प्राप्तिका लागि उनी लागिरहेको देखिन्छ । उनको यो स्वार्थ रहित कदमहरुमा आम काठमाडौवासी, सरकारका सरोकारवाला निकायहरु तथा राजनीतिक दलका नेतृन्वले साथ दिई अब आउने निर्वाचनमा देशभरबाट हजारौ बालेन, हर्क जन्माउने कार्यमा कदम अगाडि बढाउने की ?
(लेखक अर्थशास्त्रका प्राध्यापक समेत हुन् ।)