प्रेस युनियन गुल्मीको अध्यक्षमा पुनः कुँवर
गुल्मी, नेपाल प्रेस युनियन गुल्मीको अध्यक्षमा रेशम कुँवर पुनः निर्विरोध निर्वाचित भएका छन् । युनियनको सदरमुकाम तम्घासमा भएको नवौं जिल्ला अधिवेशन तथा १७ औं साधारण सभाले कुँवरलाई पुनः अध्यक्षमा निर्विरोध चयन गरेको हो ।
जसको खुुला उपाध्यक्षमा रमेश विश्वकर्मा, समावेशी उपाध्यक्षमा दिपक नेपाली, सचिवमा सुमन महतरा, कोषाध्यक्षमा नविन कार्की, सह सचिवमा चन्द्रकला राना, सन्तोष महतरा चयन भएको केन्द्रीय प्रतिनिधि प्रेमनारायण आचार्यले बताए । उनका अनुसार सदस्यहरुमा भुवन भुसाल,सागर भण्डारी, मनु सुनार,अनिल खत्री, अनिष पन्थी, पूजा विश्वकर्मा, सुरज कार्की, भुवन काफ्ले, गंगुु कुवर मगर, दधिराम भुसाल, माधव खरेल, दीपा पन्थ रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, साउन ५, २०८०
प्रतिक्रिया दिनुहोस्