Shittalpati
प्रधानमन्त्रीबाट लोकतन्त्रमा खतरा  !

केहि दिन अगाडिबाट राजनितिक क्षेत्रमा हावा हुरी आयो । हाबा हुरीले वर्तमान प्रधानमन्त्रीलाई उडाउन उडाउन खोज्यो तर सकेन । त्यो पनि नेकपाको स्थापना दिवसका नजिक थियो । प्रधानमन्त्री ओली भन्दा वाम पन्थी भन्ने काम र व्यबहार भने सामन्ति जस्तो देखियो । झापा आन्दोलनबाट आफ्नो राजनितिक यात्रा सुरु गरेका खड्क प्रसाद ओलीका पछिल्लो गतिविधि देख्दा कोरोना भन्दा खतरनाक रहेछन् भन्ने पुष्टि
भएको छ । पछिल्लो समय आएको एउटा अध्यादेश संवैधानिक परिषद सम्बन्धी संशोधन । भन्दा पनि दुृख लाग्ने प्रधानमन्त्रीले अरुका बारेमा एकदम कटू शब्द प्रयोग गरेरै पनि सम्बोधन गर्ने गर्छन् । पार्टीभित्र, बाहिर र पत्रकारलाई पनि बाँकी राख्दैन । तर, उनी स्वयंमा भने आलोचना सहने क्षमता देखिन्न । प्रश्न उठाउने वित्तिकै आपत्तिजनक ढङ्गले जवाफ दिइहाल्छन् ।

यो उनको स्वभाव नै हो भन्दा हुन्छ । संवैधानिक परिषद् सम्बन्धी व्यवस्थामा पनि प्रधानमन्त्री यति अनुदार हुन आवश्यक छैन । संसदको संरचना त उनले हटाउन सक्दैनन् । संविधान अन्तर्गतको निकायमा प्रतिपक्षीलाई नरुचाउने प्रवृत्ति देखियो । यो सिंगो राजनीतिकै खराब पक्ष हो । यसले राम्रो सन्देश गएको छैन् । उनको राजनीतिक जीवनमा पनि राम्रो गरेको छै्रन । लोकतन्त्र दिवकै दिन प्रतिपक्षीलाई निशेष गर्ने कुराले राम्रो गरेको छैन । संसार कोरोनाको आक्रान्तमा परेका बखतमा क्याबिनेटबाट दुई वटा अध्यादेश ल्याए । त्यसले उनलाई बालुबाटारबाट बाल्कोट पु¥याउन खोजेको थियो तर यो संभावना टर्‍यो ।

नेकपाको बहुमतको आडमा राज्य संयन्त्रलाई दुरुपयोग गरी कमजोर बनाउन जुन हर्कत गरे त्यो नै ओलीका लागि अनिष्टका दिन नजिकिनु हो । आम जनताले कोरोना संक्रमितको सख्या गनेका बखतमा सवैधानिक आयोग सम्बन्धी दल बदल सम्बन्धी विधेयक ल्याए त्यसैले प्रधानमन्त्रीको सर्बत्र आलोचना भयो । त्यो मात्र नभई संसदहरु, प्रहरीको पूर्व प्रमुख सर्वेन्द्र खनाललाई, मधेशी दलका सासदलाई अपहरणमा सग्लन गराए त्यसले प्रधानमन्त्रीको असलीरुप झन देखाइदियो । समाजवादी दलको सांसदलाई फुटाउनका लागि उक्त अध्यादेश ल्याइयो । त्यसको स्वयं सरकार मन्त्रीमण्डलका सदस्यहरु नै असन्तुिष्ट भए । सचिवालय सदस्यहरुले समेत त्यस विषयमा असन्तुष्ट जनाए । प्रतिपक्ष दलले आन्दोलनको उदघोष गर्‍यो । अनि बल्ल अध्यादेश फिर्ता लिने मनस्थितिमा प्रधानमन्त्री पुगे । हुन त कुनै समयमा पुष्पकमल दाहालले खड्क ओली प्रति लक्षित गर्दै भनेका थिए मगज विर्गेका व्यक्ति । हुन पनि उनका पछिल्ला गतिविधिहरु हेर्दा त्यस्तै लाक्दछ । प्रधानमन्त्रीको जति दोष छ, त्यति राष्ट्रपति विद्यादेवी भण्डारीको पनि छ । उनलाई राष्ट्रपति भनेर प्रधानमन्त्री बाहेक अरुले सम्बोधन गर्न छाडे । उनका क्रियाकलापका कारण उनलाई महाअभियोग लगाउन पर्ने हुन्छ ।

उनमा अझै नेकपा एमालेको धङधङीले छाडेको छैन । उनी नेकपा एमाले भित्र पनि ओलीको झेक्रो बन्दा सम्मानित पद आलोचनाको सिकार बन्यो । उनले त्यो विधेयक प्रमाणीकरण गर्न हतार गर्नु हुदैन थियो । विचार गर्नु पर्दथ्यो । त्यसो नगरी नेकपा एमालेको उपाध्यक्षको हैसियत कायम गरिन । हुन त वर्तमान प्रधानमन्त्रीले अनिष्टको भारी बोकेका रहेछन् । जब उनी प्रधानमन्त्री भए तब–तब अनिष्टका दिन सुरु भएको सत्य हो । त्यसैले इतिहासकै कलंकित प्रधानमन्त्री यिनै हुन भन्दा ज्यादै फरक पर्दैन, भ्रष्टाचारको सामु उनले विश्व रेकड कायम गरेका छन् । उनी प्रधानमन्त्री भएपछि राम्रो भन्दा नराम्रो धेरै भए, त्यसैले गर्दा लोकतान्त्रिक व्यवस्थाप्रति आम जनताको वितृष्ण पैदा भएको कटु यर्थाथ हो । लोकतान्त्रिक व्यवस्थाको पिल्लर भनेको राजनितिक दल हो त्यसलाई कमजोर बनाउन ओली उद्यत् रहे । त्यसैले यिनलाई के भन्ने ? सामाजिक अभियान्ता ज्ञानेन्द्र शाही र पूर्व सचिवको पक्राउले ओलीलाई लोकतान्त्रिक भन्न सकिदैन ।

अध्यादेश फिर्ता लिन पर्ने भएपछि किन ल्याउन पर्‍यो । उनमा मधेशी दललाई विभाजन गर्ने षड्यन्त्र थियो । मधेशी दल अब एक भए ओलीको सपना हावामा उड्यो । ओलीको साख गि¥यो । त्यसो हुनु आम जनताको लागि सुखद पक्ष हो । ओलीको कुन निणर्य विवाद पो भएन र  । उनले गोकुल बास्कोटाको खुब प्रशंशा गरे । त्यसो किन गरेको भन्ने कुरा अडियो प्रकरण सार्वजनिक भएपछि प्रष्टियो । बास्कोटा पछि वर्तमान स्वास्थ्यमन्त्री स्वास्थ्य सामग्री खरिद प्रकरणले सरकारलाई आम जनताले घृणा दृष्टिकोणबाट अभिव्यक्ति दिएका छन् । त्यसलाई ढाक छोप गर्न फेरी अर्को गल्ती गर्न पर्‍यो । यस्ता गल्ती धेरै छन् । त्यसको सजाय दियो भने उनले आर्यघाटमा समेत स्थान पाउने छैनन् । पार्टीमा आफु कमजोर बन्ने लक्षण पनि देखाउदै गएका छन् ।

त्यसको कारण हो आफ्नै उदण्डता । हुन त यिनी निरकुंश बन्न खोजेको प्रष्ट देखिएको छ । पार्टी पनि हिटलरको शैलीमा चलाएका कारण पार्टीमा प्रतिदिन कमजोर बन्न पुगेको यथार्थ हो । मुलुक उनका कारण अधोगती तर्फ धकेलिएको सत्य हो । विश्वलाई त्रासदी बनाएको समयमा त्यसतर्फ ध्यान नदिई एकाएक अध्यादेश ल्याउनु सबैका लागि दुर्भाग्य हो । हुन त हाम्रो प्रधानमन्त्री नै मुलुकमा अस्थिरता निम्त्याउने, शुशासनको नाममा भ्रष्टाचार गर्न अभ्यस्त देखिन्छन् । त्यसलाई आफुले पनि क्रमागत रुपमा कार्य गर्दै गएका छन् । परिणाम लोकतन्त्र प्रति आम जनताको विश्वास र भरोसा गुम्दै जाने छ । त्यसको जिम्बेबारी लिने कि नलिने अन्यथा अन्तिममा आर्यघाटमा ठाउँ पनि पाउने छैनन् ।
(लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update