Shittalpati
नेकाँ बैठक : पार्टी एक गुट अनेक

नेपाली काँग्रेस केन्द्रीय समितिको झण्डै एक वर्ष पछिको बैठक अत्यान्तै प्रभावकारी र उपयोगी हिसावले चलिरहेको छ । महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रस्तुत गरेका महत्वपूर्ण एजेण्डालाई टेकेर भन्दा पनि नटेकी कनै भइरहेका चर्चा चर्की वहसहरु अत्यान्तै प्रभावकारी देखिएका छन् । काँग्रेस सरकारमा छ या छैन भन्ने कुराको राम्रोसँग अनुभूति नभएका धारणादेखि लिएर अबको काँग्रेस कस्तो हुनुपर्छ भन्ने सम्मका केन्द्रीय सदस्यहरुका धारणा र एक आपसमा घोंचपेंचको शैलीले काँग्रेस अझै पनि ‘पार्टी एक गुट अनेक’ भएर अगाडि बढेको होकी भन्ने चिन्ता र चासो बढिरहेको देखिन्छ । मिशन ०८४ को कुरा गर्दा त्यतिबेला सम्म नेपाली जनताको मुहार कसरी फेर्ने भन्दा पनि चुनाव लक्षित भाषण गरेर महाधिवेशन र महासमितिका थनथनले मात्रै पार्टीमा नयाँ उत्साह र जागर आउँदैन भन्ने कुरा महामन्त्रीहरु र न्यून केन्द्रीय सदस्यहरुले बाहेक अरुले नबुझेका हुन् कि भन्ने दृश्यहरु आम जनमानसमा छाएको पाइन्छ ।

बैठकलाई प्रत्यक्ष प्रशारण गरेर पनि केही ‘वाकपटुताका’ नाममा ‘वाककटुताका’ हिमायतिहरु सावधान भएका छन् तर यसको अर्थ आफ्ना कुरा आफैले सार्वजनिक गर्ने क्रममा आफु संयमितताको घेराभन्दा बाहिर भइयो भने समस्या झन् बढ्छ भन्ने कुरामा खारिएका नेताहरु पनि कमजोर देखिए । केन्द्रीय सदस्य हुने हैसियत कति र के हो भन्ने कुराको पनि न्यूनतम हेक्का नराख्नेहरुलाई पुराण सुनाउँनुको कुनै अर्थ रहेनछ भन्ने कुरा पनि अहिले यो बैठकका कतिपय केन्द्रीय सदस्यहरुका अभिव्यक्तिले प्रस्ट पारेको देखिन्छ । जे होस्, ढिलै भएपनि नेपाली काँग्रेसबाट आशा गर्नेहरुको हल्का तिर्खा मेटिएको अनुभूति भएको छ । सबैले सबैलाई चिन्ने पर्खने अवसर प्रत्यक्ष प्रशारणको प्रविधि उपभोग गर्नेले पनि न्याय गर्न पाउने भएका छन् । त्यसकारण यो बैठकले दिने सन्देशले मात्रै पुग्दैन, नयाँ पुस्तालाई अब काँग्रेस कस्तो बन्ने अनि काँग्रेसमा लागौं–लागौं जस्तो हुने कि नहुने भन्ने कुरालाई भावी रणनीति र कार्यशैलीले पूर्णता दिने आशा सबैले गरेका छन् ।  

प्रकाशित मिति: बुधबार, साउन १०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update