Shittalpati
पेट्रोलको मूल्य बढ्यो, खाना पकाउने ग्यासको घट्यो

पाल्पा, पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको छ । नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य ९ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो । त्यस्तै डिजल र मट्टितेलमा ७ रुपैयाँले वृद्धि भएको छ भने हवाई इन्धनको मूल्य यथावत राखिएको छ ।

त्यस्तै एलपी ग्यासको मूूल्य भने घटेको छ । निगमले ग्याँसको मूल्य १ सय ३० रुपैयाँले घटाएको हो । यससँगै ग्यास सिलिण्डरको मूल्य १ हजार ६सय ६० कायम भएको छ भने पेट्रोलको १ सय ७३ र डिजेल र मट्टितेलको १ सय ५३ रुपैयाँ पुगेको छ । निगमले मंगलबार राति १२ बजेपछि लागू हुनेगरी स्वचालित प्रणालीअनुसार मूल्य घट्बढ गरेको हो । भारतबाट नयाँ मूल्य आएलगत्तै निगमले स्वचालित प्रणालीअनुसार मूल्य समायोजन गरेको जनाएको छ । अहिले ठाउँअनुसार मूल्य फरक फरक छ । निगमले यसअघि नै पेट्रोलियम पदार्थमा स्वचालित प्रणाली लागू गरेको थियो ।

प्रकाशित मिति: बुधबार, साउन १७, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update