Shittalpati
गुल्मीमा भिरबाट लडेर एक महिलाको मृत्यु

गुल्मी, जिल्लाको मुसिकोटमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।  घाँस काट्ने क्रममा विहीबार भिरबाट लडेर मुसिकोट–४ डाँडाथोककी ३६ वर्षीया फुलकुमारी नेपालीको मृत्यु भएको हो । 

घर नजिकैको जंगलमा घाँस काट्न गएकी नेपाली अचनाक भिरबाट लडेकी थिइन् । उनी करिब दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ । नेपाली आफ्ना छोरीहरूसँग स्थानीय  ढुङ्गेठाँटीको जंगलमा घाँस काट्न गएकी थिइन् ।

उनको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।  भिरबाट लडेकी उनलाई स्थानीयले घरमा लगेका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रकाशित मिति: बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update