Shittalpati
पाल्पामा जग्गा तथा आवास विकास संघ गठन

पाल्पा,पाल्पा जग्गा तथा आवास विकास संघको तदर्थ समिति गठन गरिएको छ । तानसेनमा बसेको घरजग्गा व्यवसायीहरुको भेलाले तदर्थ समिति गठन गरेको हो ।

भेलाले घरजग्गा व्यवसायी कमल प्रसाद ढकालको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरेको छ ।  जसको उपाध्यक्षमा द्वारिका प्रसाद नेपाल, सचिवमा रमेश प्रसाद न्यौपाने, कोषाध्यक्षमा कमल रायमाझीलाई चयन गरेको छ ।

समितिको सदस्यहरुमा महेश शर्मा, पदम राना र उमनाथ घिमिरे रहेका छन् ।  भेलाले मौजुुदा समितिले विधान निर्माण गरी दर्ता प्रक्रिया अविलम्वन सम्पन्न गरिने समेत निर्णय गरेको छ । भेलामा जग्गा तथा आवास विकास महासंघका सचिव रामसुुन्दर बके, केन्द्रीय सदस्य मोहनबहादुर राउतले घरजग्गा व्यवसायीहरुको हितमा काम गर्न नेतृत्वलाई आग्रह गरे ।

प्रकाशित मिति: शनिबार, साउन २०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update