Shittalpati
डा. भगवान कोइराला पाल्पामा पुरस्कृत

पाल्पा,वरिष्ठ मुटुरोग विशेषज्ञ तथा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला जन्मथलो पाल्पामा सम्मानसहित पुुरस्कृत भएका छन् ।  नेपाल औषधि व्यवसायी संघ पाल्पाले सातौं साधारण सभाका अवसरमा ‘औषधि व्यवसायी संगम सम्मान तथा पुरस्कार’ बाट  डा. कोइरालालाई  पुुरस्कृत गरेको हो ।

स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै संघले डा. कोइरालालाई पुरस्कृत गरिएको जनाएको छ । उनलाई नगद १० हजारसहित पाल्पाली ढाका टोपी र सम्मानपत्रबाट संघीय सांसदद्धय ठाकुर प्रसाद गैरे, नारायण प्रसाद आचार्य, प्रदेश सांसदद्धय वीरबहादुर राना, खेम बहादुर सारु र संघका अध्यक्ष विष्णु केसीले संयुक्त सम्मान गरेका हुन् ।

नेपालमा ओपन हर्ट सर्जरीको मुख्य श्रेय डा. कोइरालालाई नै जान्छ । पाल्पाको बगनासकाली गाउँपालिका–५, दर्लमडाँडामा जन्मिएका उनी कार्डियोथोरासिक सर्जन, प्राध्यापक एवं सामाजिक अभियन्ता समेत हुन् । कोइरालाले त्रि वि शिक्षण अस्पतालबाट पेडियात्रिक सर्जरी विशेषज्ञको रूपमा आफ्नो वृति सुरु गरेका थिए । उनी २००१ देखि २००९ सम्म शहिद गङ्गालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशक तथा कार्डियाक सर्जरीको प्रमुख भए । उनले त्रि वि शिक्षण अस्पतालको कार्यकारी निर्देशकको रूपमा समेत काम गरेका छन्  ।

20230805_121818 (1)1691235403.jpg

 स्वास्थ्यकर्मी शर्माद्वारा एक लाख ५० हजारको अक्षयकोष

स्वास्थ्यकर्मी तथा नेपाल औषधि व्यवसायी संघ पाल्पाका पूर्व अध्यक्ष रुक्मागत शर्माले संघमा १ लाख ५० हजार रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका छन् । उनले  हरेक वर्ष एक जनालाई ‘औषधि व्यवसायी संगम सम्मान तथा पुरस्कार’ प्रदान गर्ने गरी अक्षकोष स्थापना गरिदिएका हुन् ।  यस वर्ष उक्त अक्षयकोषको व्याजबाट डा. भगवान कोइरालालाई सम्मान गरिएको हो ।

पाल्पामा जन्मिएर स्वास्थ्य क्षेत्रमा कम्तिमा २० वर्ष सेवा गरेका स्वास्थ्यकर्मी  तथा औषधि व्यवसायीलाई हरेक वर्ष सो पुुरस्कार प्रदान गरिने अक्षकोषदाता शर्माले बताए । उनका अनुुसार अक्षयकोषको व्याजबाट आउने दश हजारको पुुरस्कार दिइने छ । संघले पुरस्कारदाता शर्मालाई  सम्मान समेत गरेको थियो । शर्मालाई प्रसंशा पत्र र दोसल्लाले सम्मान गरिएको हो ।

 
प्रकाशित मिति: शनिबार, साउन २०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update