Shittalpati
सहकारीका व्यवस्थापकहरु गम्भीर बन्नुपर्नेमा जोड

पाल्पा, सहकारी तथा वित्तिय संस्थाका व्यवस्थापकहरु गम्भीर बन्नुपर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । जिल्ला सहकारी संघ पाल्पाले तानसेनमा जिल्ला भित्रका प्रारम्भिक सहकारी संस्थाका व्यवस्थापकहरुलाई संस्थाको सुशासन र सही व्यवस्थापनका लागि सञ्चालन गरेको अभिमूखीकरण कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

पछिल्लो समय सहकारीहरुमा थुप्रै समस्या देखा पर्दै आएकाले व्यवस्थापकहरु बढी जिम्मेवार र गम्भीर बन्न आवश्यक रहेको सहभागीहरुले बताएका छन् ।  उनीहरुले व्यवस्थापक संवेदनशील र गम्भीर नबन्दा सहकारीहरुमा समस्या देखापरेको बताए ।  

 कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय पाल्पाका प्रमुख टंक खनालले सहकारी भित्र देखापरेका विभिन्न समस्याहरुको समाधानका लागि व्यवस्थापकहरु गम्भीर बन्नुपर्ने धारणा व्यक्त गरे । उनले यस्ता अभिमूकिकरण कार्यक्रमले व्यवस्थापकहरुलाई जिम्मेवार र गम्भीर बन्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

जिल्ला सहकारी संघका अध्यक्ष भूपति पाण्डेले सहकारी संस्थालाई कस्तो बनाउने भन्ने विषयमा सहकारीका व्यवस्थापकहरुको महत्वपूर्ण दायित्व हुने बताए । उनले सहकारी संस्थाहरुको आर्थिक, प्रशासनिक क्षेत्रमा सुधारका लागि व्यवस्थापकलाई दिइने अभिमुुखीकरण कार्यक्रमले सहयोग पुुग्ने विश्वास व्यक्त गरे ।

जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगदीश भट्टराईले यस्ता खालका अभिमूखिकरण कार्यक्रमबाट सहकारी संस्थामा आत्म अनुसशासनका साथै वित्तीय सुशासनको प्रत्याभूति हुने धारणा व्यक्त गरे ।

कार्यक्रममा पाल्पा क्षेत्र नं. १ र २ का ७० वटा सहकारीका व्यवस्थापकहरुलाई एक दिने अभिमूखिकरण कार्यक्रम सञ्चालन गरिएको हो । राष्ट्रिय सहकारी महासंघ केन्द्रका वरिष्ठ अधिकृत तेज प्रसाद गौतम, नेप्सुुनका केन्द्रीय वरिष्ठ अधिकृत सूूर्य तिमिल्सेना, जिल्ला बचत तथा ऋण संघ रुपन्देहीका व्यवस्थापक भूपराज भट्टराईले सहजिकरण गरेका थिए । जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भूपति पाण्डेको सभापतित्व, सचिव कृष्ण भूषालको सञ्चालनमा कार्यक्रम भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, साउन २६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update