Shittalpati
एकीकृत समाजवादी पाल्पाको अध्यक्षमा शाही

पाल्पा,नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पाल्पाको अध्यक्षमा अशोककुमार शाही चयन भएका छन् । पार्टी सचिवालयको विस्तारित बैठकले यस अघि रिक्त रहेको अध्यक्ष पदमा शाहीलाई चयन गरेको हो । 

 अध्यक्ष कमलप्रसाद पाण्डेयको गत असार २२ गते हृदयघातबाट निधन भएको थियो । पाण्डेको निधनभएसँगै उक्त पद रिक्त रहेको हो । अध्यक्षमा चयन भएका शाही यस अघि नेकपा एमालेबाट निर्वाचित तानसेन नगरपालिकाका पूर्व नगरप्रमुख हुन् । उनी पार्टी विभाजनपछि नेकपा एसमा आएका थिए । उनलाई पार्टीले केन्द्रीय कमिटि सदस्यको जिम्मेवारी दिएको थियो । 

रिक्त अध्यक्ष पदसँगै समाजवादीले अन्य पदमा समेत हेरफेर गरेको छ । उसले उपाध्यक्षमा मोहनलाल गैरे, महिला उपाध्यक्षमा विनिता लुइँटेल, सचिवमा जगन्नाथ नेपाल, उप–सचिवमा कमल सेन, उप–सचिवमा कमल रायमाझीलाई सर्वसम्मत चयन गरेको समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष पदम गैरेले जानकारी दिए ।

 पार्टीका पोलिटब्युरो सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष सोमप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा बसेको सचिवालय बैठकले रिक्त पदहरु पूर्ति गरेको हो । रिक्त पद पूर्ति गरेसँगै पाण्डेले पार्टीलाई बलियो र मजबूूद बनाए जाने दिशामा सबै एक जुट भएर लाग्न आग्रह गरेका छन् । उनले संगठन विस्तार गर्दै जनताको पक्षमा काम गर्नु अहिलेको आश्यकता रहेको बताए ।
 

प्रकाशित मिति: आइतबार, साउन २८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update