पछिल्लो समय बहुमत प्राप्त सरकार र सरकारको नेतृत्व समालेका प्रधानमन्त्री केपी शर्मा आली संवैधानिक परिषद्मा प्रतिपक्ष दलको भूमिकालाई कमजोर बनाएर सबै संवैधानिक अंगहरु माथि हस्तक्षेप गरी अधिनायकवादी शासनको कल्पना गरी अगाडि बढी रहेको देखिन्छ । यो कदम नेपाली जनताका लागि कदापी स्वीकार्य छैन । सिङ्गो विश्वले कोरोना भाईरस (कोभिड–१९) जस्तो माहामारीको सामना गरिरहेको वर्तमान समयमा सिङ्गो देश यसको विरुद्ध लड्नु पर्ने बेलामा सरकार राजनीतिक दल विभाजन गरेर आफ्नो अभिष्ट पुरा गर्ने उद्देश्य राख्नु कदापी स्वीकार्य हुन सक्दैन । जुन लोकतन्त्र र संविधानको जबरजस्ती करणी गर्ने उद्देश्य रहेको देखिन्छ । निकै लामो कठोर संघर्ष त्याग तपस्या र हजारौंको बलिदाबाट प्राप्त लोकतन्त्र हाम्रो प्राण हो ।
यसको उपहास गर्नका लागि नेपाली जनताले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई दुई तिहाई मत दिएका होइनन् । प्रधानमन्त्री ज्यू अहिले यो बेमौसमी बाजाको संगीत सुन्न कोही तयार छैनन् । पटक पटकका सरकारले स्थायी शान्ति, सुशासन, सुरक्षा, विकास र समृद्धिको यात्रामा अगाडि बढिरहँदा सोचें जति देश र जनताको पक्षमा उपलब्धी प्राप्त गर्न नसक्नुको कारण राजनीतिक स्थायित्व नहुनु नै यसको बाधक हो, भन्ने ठम्याई थियो । त्यही कारणले विगतको निर्वाचनमा तपाई सम्वद्ध दललाई नेपाली जनताले झण्डै दुई तिहाईको नजिक पुर्याइदिए । तर तपाई पूर्ण अस्थिर राजनीति र संसद् किनबेचको खरिद विक्रीको विकृति विसंगतिको बाटोमा अगाडि बढिरहनु भएको छ ।
के यो जनताको मतको घोर अपमान होइन र । लोकतन्त्र, मानव अधिकार, सामाजिक न्याय, समानता, विकास र समृद्धिको यात्रामा अहोरात्र काम गर्ने अठोटका साथ अगाडि बढ्नुपर्नेमा काण्डै काण्डमा फसी आफ्ना आसेपासे र नजिकका मानिसहरु मार्फत देश चुर्लुम्म भ्रष्टाचारमा डुबाउनु के यही हो तपाईको भ्रष्टाचार प्रतिको शुन्य सहनशिलता । नेपाली जनता कोरोना भाइरसको कारणले छटपटाई रहँदा स्वास्थ्य सामग्री खरिद गर्ने नाममा अम्नी कम्पनीसँग सम्झौता गरी करोडौंको कमिशनको बार्गेनिङ्ग गरिरहँदा ती महान सहिदहरुको रगतको तपाईलाई सराप लाग्दैन र ? यो समयमा जनता राहतको पखाईमा छन् ।
दिर्घरोगीले औषधी पाउँन सकिरहेका छैनन् । विदेशमा रहेका आम नेपाली युवा दाजुभाई दिदीबहिनीहरु आफ्नो परिवार भेट्न पाईन्छ कि पाईदैन भन्ने मनोवैज्ञानिक त्रासमा छट्पटाई रहेका छन् । यो अवस्थामा गरिब, ज्यामी विपन्न, किसानलाई राहत दिने अध्यादेश ल्याउने की लोकतन्त्रलाई बर्खास्त गरी श्रीपेच बिनाको राजा बनी नयाँ तानासाहा बन्न खोजे यो कदम दीवा सपनामा परिणत हुने छ । सम्माननीय प्रधानमन्त्री ज्यूले पटक पटक लोकतन्त्रको लागि १४ वर्ष जेलजिवन बिताएको कुरा प्रकट गर्नु भएको छ । तर यो कदमबाट वर्तमान प्रधानमन्त्री ज्यूको बन्दी जीवन निरकुश दर्शनका लागि थियो ।
यो राजनीतिक प्रणाली प्रति तपाई इमानदार हुनु हुन्न भन्ने कुराको पुष्टी भईसकेको छ । हुनत २०६२/०६३ को जनआन्दोलनमा बयलगाडा चढेर अमेरिका पुगिदैन र यो देशमा गणतन्त्र पनि आउँदैन, भन्ने हजुरको वाणीबाट सबै नेपाली जनता जानकार नभएका होइनन् । चौतर्फी विरोध पछि तपाइँले ती लोकतन्त्र विरोध अत्याधेश फिर्ता लिनुभयो जुन स्वागत योग्य छ तर तपाईका माननीय ज्यूहरु र पूर्व आई.जी.पी.ले गुण्डागर्दी सैलीमा माननीय डा.सुरेन्द्र यादवलाई अपहरण गरेर रातारात ल्याउनु लोकतन्त्र र मानव अधिकार घोर अपमान हो, गम्भीर अपराध हो तसर्थ यो घटनाको निष्पक्ष छानविन गरी यदि कानुनी राज्य हो भने कारवाहीको दायरामा ल्याउन आग्रह गर्दछु । जय नेपाल ! (लेखक नेपाली काँग्रेस गुल्मीका सचिव समेत हुन् ।)