Shittalpati
लकडाउनको बेला अभिभावकको भूमिका

विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाईरसको संक्रमण नेपालमा पनि फैलिरहेको तपाई हामी सबैलाई सर्वविदितै छ । यतिबेला सरकारले लकडाउनको घोषणा गरेको पनि महिना दिन बितिसक्यो । तपाई हाम्रो छोरा छोरी बालबालिका घरमा किताब छुने त कुरै नगरम पढाईको समेत वास्ता हुन छोडिसकेको अवस्था छ । हुनत उनीहरुले छोउन पनि कसरी । आफ्नो गत वर्षको नतिजा प्रकाशन नभएको अबस्थामा के कुरा पढ्ने, कसरी पढ्ने पाठ्यक्रम के हो साथै उनीहरुलाई पढाईको कुरा गर्दा पढ्ने कुरा भन्दा पनि पढाईको मानसिकतामा नै फरक महशुस तपाई हामी पाउन सक्छौ, यो विपद्को बेला छरछिमेकमा हाम्रा अभिभावकको दिनहुँ जसो आउने गुनासो हो ।

हामीले पटक पटक सुनिरहने कुरा हुन, हाम्रो बालबालिकालाई पढाईको महत्वको बारेमा भनिदिनु हुन, यो विषम परिस्थिति मा सबै अभिभावकलाई चासो र गुनासोको विषय बनेको छ । शैक्षिक सत्र सुरु हुने समयमै फैलिएको महामारीबाट, विशेषत साना–साना बालबालिकाको शैक्षिक लगायत सबै शिक्षण संस्थाहरु अस्तब्यस्त छन्, विद्यालय बन्द छन्, विद्यार्थीका अन्र्तनिहित प्रतिभाहरु प्रस्फुटित हुन पाएका छैनन । सरकारले लागु गतेको लकडाउन पूर्णरुपमा पालना गरेकाले तत्कालै शैक्षिक सस्थाहरु खुल्ने अवस्था पनि छैन र देखिदैन पनि । विद्यालय बन्द भएको हुनाले अभिभावकले आफ्ना सन्ततिलाई त्यति पढाईको कुरामा दवाब दिएता पनि बालबालिकाले डेग नचलाएको अबस्था छ । बन्दको बेला शिक्षकले आफ्ना विद्यार्थीप्रति समय दिन नसकेका कारण विद्यार्थीको मानसिक बौद्धिक र संवेगात्मक विकासमा प्रभाव नपर्ला भन्न सकिने अवस्था छैन । लामो समयसम्म विद्यालय बन्द हुँदा प्रतिकुल अवस्था सिर्जना हुन सक्ने र यसको उपयुक्त विकल्पको खोजी गर्ने कामहरु के –के हुन सक्छन् भन्ने विषयमा केन्द्रीत कुरा गर्न चाहान्छु, ।


सर्वप्रथम त अघिल्लो वर्षको नतिजा रोकिएको हुनाले कसरी हामी त्यो नतिजा छिटो भन्दा छिटो प्रकाशन गर्न सक्छौ भन्ने तर्फ अगाडि बढ्न हामी जरुरी छ । नतिजा प्रकाशन गर्न हामी सामाजिक दुरी अपनाई साथै सम्भव हुने ठाउँमा अनलाईन साथै अभिभावकलाई टेलिफोन मार्फत जानकारी गराउन सकिन्छ, साथै अबको शैक्षिक सत्रलाई आवश्यक नयाँ पाठ्यपुस्तक नयाँ पाठ्यक्रम अनुसार समयमै छपाउन सकिन्छ, अनलाईन मार्फत नै विद्यार्थीको नयाँ भर्ना आÞवान गरी नयाँ विद्यार्थी भर्ना गर्न सकिन्छ, विद्यार्थी भर्ना गरिसकेपछि, उनीहरुको दैनिक व्यवहारमा फरक खालको उर्जावान मानसिकता आउँछ, अर्कोतर्फ सामजिक दुरी कायम गरी नयाँ पाठ्यपुस्तक वितरण प्रक्रियामा पनि सहजता आउँछ, सुरक्षित रुपमा हामी पाठ्यपुस्तक वितरण गर्न सक्छौ । यसका लागि सम्बन्धित स्थानीय तहको सहयोग लिन सकिन्छ, नयाँ पाठ्यपुस्तक पाएपछि विद्यार्थीको पढाईप्रति चासो र मनोवलमा एक्कासी वृद्धि हुने छ, तुलनात्मक रुपमा केही न केही नयाँ जोस र जागर विद्यार्थीमा पक्कै पनि आउने छ ।

यसका लागि शिक्षक र विद्यार्थी बिच आपसी विभिन्न सञ्चार माध्यममार्फत सम्पर्कमा रहने, नेपाल जस्तो विकास उन्मूख देशमा अनलाईन शिक्षाको पहुँच पूर्णरुपमा नभएको कारण टेलिएजुकेशन पद्दतिलाई बैकल्पिक सिकाईको रुपामा प्रयोग गर्न सकिन्छ । विद्यार्थीलाई पढाई भन्दा सिकाई बढी प्रभावकारी हुने भएकाले त्यसतर्फ अभिभावकलाई सिकाईको माध्यम प्रयोग गरी आफ्ना बालबालिकालाई सामाजिक बन्न प्रेरित गरौ, यो बेलामा बालबालिकालाई आफ्नो काम आफै गर्न लगाऔं, आफ्नो मातृभाषा र संस्कृतिको प्रयोगमा उत्प्रेरित गराऔं, धर्म जाती साथै धार्मिक सहिष्णुता साथै विभिन्न रहन सहन सिकाऔ, यो लकडाउनलाई सस्कारिक कक्षा नामकिंत गरौं, आफ्नो बाबुआमा बालबालिकाको पहिलो गुरु हो र घर पहिलो विद्यालय हो भन्ने कुरा बुझाआंै । साथी आफ्नो नाता गोताको आवश्कता र समाजको रहनसहन सामाजिक परिस्थितिको महत्व बारे प्रकाश पारौं । मानिस एक सामाजिक प्राणीको रुपमा आफ्नो जिम्मेवारी के–के हुन्छ ।

सिकाई दिउ, पाठ्यक्रम मात्र हैन व्यवहारिक जीवन सिकाउ, विज्ञानका सिद्धान्त र गणितका २/४ ओटा साध्यहरु पढ्न पाएनन् भनेर उनीहरुको मनोबल गिराउने काम नगरौं । दर्जनौ व्यवहारिक गणित सिकाऔं, लकडाउन खुलेपछी विद्यार्थीहरु विद्यालय आउने समयमा व्यवहारिक परीक्षामा ‘ए प्लस’ मा उत्र्तिण भएर विद्यालय आउन, छोराछोरीले पढ्न पाएनन भनेर चिन्ता लिनुपर्ने आवश्यकता छैन । अब के गर्ने भनेर नसोच्नुस्, यस्ता हजार उपाय निस्कन्छन् जसको प्रयोगले हामीले आफ्ना बाबुनानीलाई विश्वविद्यालय तहमा दिईने भन्दा माथिल्लो ज्ञान घर मै दिन सक्छौ, एउटा कुशल अभिभावक हुनुको नाताले हामीले यती गर्न त सक्छौ नि !

प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७
प्रतिक्रिया दिनुहोस्
Weather Update