Shittalpati
माछापुच्छ्रे बैंकले ल्यायो ‘ट्याप एण्ड पे’ सेवा

पाल्पा, माछापुच्छ्रे बैंकले अफलाइन ‘टप एण्ड पे’ सेवा सुरु गरेको छ । उसले ईएमभी स्ट्याण्डर्डमा आधारित टोकनाइज प्रविधिको प्रयोग गरी मोबाइल बैंकिङ एप्लिकेसनमा कन्ट्याक्टलेस अफलाइन ‘टप एण्ड पे’ सेवा सुरु गरेको हो । टोकनाइजलाई विश्वमा नै सबैभन्दा बढी सुरक्षित र भरपर्दो प्रविधिको रुपमा लिने गरिन्छ । जसमा ग्राहकहरुको खाता विवरणको सट्टा सिष्टम जेनेरेटेड कोडबाट कारोबार हुनेहुँदा ग्राहकको विवरण गोप्य र सुरक्षित रहने बैंकले जनाएको छ ।

बैंकका ग्राहकले तोकिएका निश्चित् मर्चेन्टहरुबाट पीओएसमार्फत कारोबार गर्दा बैंकको मोबाइल बैंकिङ एप्लिकेसन एमबीएल एम–स्मार्ट प्रयोग गरी आफ्नो फोनको माध्यमबाट ट्याप गरी भुक्तानी गर्न सक्ने बताइएको छ, हाललाई यो सेवा एनएफसी सपोर्ट गर्ने एण्ड्रोइड मोबाइलबाट प्रयोग गर्न सकिने र सेवा प्रयोग गरेबापत कुनै शुल्क नलाग्ने बैंकले जनाएको छ । बैंकले एफवानसफ्ट इन्टरनेसनल, नेपाल क्लियरिङ हाउस लिमिटेड र सिटिटेकसँगको सहकार्यमा सेवा सञ्चालनमा ल्याएको बताएको छ । यो नेपालको बैंकि· क्षेत्रमै पहिलो अफलाइन ‘ट्याप एण्ड पे’ सेवा हो । मुलुकभर फैलिएका शाखा सञ्जालहरू मार्फत बैंकले आफ्ना १४ लाख भन्दा बढि ग्राहकलाई अत्याधुनिक प्रविधियुक्त सेवा प्रदान गर्दै आइरहेको छ । समय सापेक्ष आफ्ना सेवा सुविधालाई थप पस्किृत र परिमार्जित गर्दै लैजाने रणनिती तथा ग्राहकलाई पूर्णरुपमा डिजिटल सेवाहरु प्रदान गर्ने लक्ष्यसहित बैंक अगाडि बढेको छ । बैंकले ओम्नी च्यानलमा आधारित अत्याधुनिक कल सेन्टर, व्यक्तिगत तथा कर्पोरेट इन्टरनेट बैंकिङ, आफ्नै वालेट, लगायतका यस्ता थुप्रै सुविधाको माध्यमबाट ग्राहकहरु बैंक आउनै पर्ने बाध्यता कम गर्दै लगेको छ । 

प्रकाशित मिति: मंगलबार, साउन ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update