गुल्मी,गुल्मीमा एक वडा अध्यक्ष मृत फेला परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–१ का वडा अध्यक्ष मोहन घिमिरे शनिबार विहान मृत अवस्थामा फेला परेका हुुन् ।
शुक्रबारदेखि घरबाट निस्केका घिमिरे एकाएक घर नजिकैको घम्पुङ्ग भन्ने ठाउँमा मृत फेला परेका हुन् । उनी झुन्डिएको अवस्थामा भेटिएका थिए । स्थानीयले घिमिरेलाई रुखमा पासो लगाएर झुण्डिएको अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर लगत्तै पौंदी अमराई प्रहरी चौकीबाट प्रहरी टोली गई घटनाको अनुसन्धान थालेको छ ।
झुुण्डिन जानुु अघि घिमिरेले फेसबुकमा समेत दुखद् कुरा पोष्ट गरेका छन् । उनले श्रीमति, घरपरिवार, साथि भाई शुभचिन्तकहरुलाई सम्बोधन गर्र्दै स्टाटसले लेखेका छन् । घिमिरेले फेसबुुकमा लेखेका छन्‘ परिस्थितिको चपेटामा परे पछि बाच्नुको अर्थ हँुदो रहेनछ । प्रिय अनिता; साथ निभाउन सकेन् । मलाई माफ गर । घर परिवार, साथिभाई शुुभ चिन्तक सबैसँंग माफी चाहान्छु । अल बिदा !’ यस्तो स्टाटस लेखेको केही समयमै उनले आत्मा हत्या गरेको देखिन्छ ।
घटना पछि शनिबार बिहान नै देखि साथीभाई, शुभेच्छुुकहरुले सामाजिक सञ्जालमा हार्दिक श्रद्धाञ्जली लेखेका पोस्टहरु देख्न सकिन्छ । घिमिरे गएको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए । उनी काँग्रेस मुसिकोट नगरपालिका नगर समितिका सभापति समेत थिए । उनी शुक्रबार अपराह्न घरबाट वडाको काममा जाने भन्दै निस्केपछि नफर्केको परिवारले जनाएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।