Shittalpati
अनैतिक सम्बन्ध राख्दै गर्दा : चौकी इन्चार्ज पक्राउ  

गुल्मी, महिला हिंसा राक्नेकार्यमा लाग्नुपर्ने प्रहरी नै एकल महिलासंग अनैतिक सम्बन्ध राखेको भन्दै गाउँलेले शुक्रबार मध्येराती स्थानीय प्रहरी चौकीका ईन्चार्जलाई पक्राउ गरी प्रहरीलाई बुझाएका छन् । 

 गुल्मीको सुदुरपुर्व कालीगण्डकी गाउँपालिका वडा ७ मा रहेको प्रहरी चौकीका इन्चार्ज असई एम ओलीले सोही पालिकाको वडा ६ खन्यापाटा निवासी ३६ वर्षकी महिलाको घरमा मध्ये राती अनैतिक सम्बन्ध राख्ने हेतुले गएको भन्दै स्थानीयले घर घेराउ गरी राती १ बजे नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय रिडीलाई बुझाएका हुन ।

भूर्तुंग प्रहरी चौकी कालीगण्डकी गाउँपालिकाको सुदुरपुर्वको पुछारको चौकी हो । चौकी भएको स्थानबाट तीन किलोमीटर तल खड्गकोटको खन्यापाटामा, असई प्रायः जसो राती वास वस्ने सोंचका साथ वारम्वार लुकी छिपी आउँने गरेको भन्ने सुरागीका आधारमा निजलाई शुक्रबार राती स्थानीयवासीले घेराबन्दी गरी नियन्त्रणमा लिएका हुन । 

नियन्त्रणमा लिएका असई एम ओलीलाई जिल्ला प्रहरी कार्यालयको निर्देशनमा सोही रात्री नै इलाका प्रहरी चौकीबाट खटी आएको गस्तीटोलीले पक्राउ गरी जिल्लालाई वुझाएको इलाका प्रहरी कार्यालय रिडीका ईन्चार्ज इस्पेक्टर अनिल थापाले जानकारी दिए ।  

प्रकाशित मिति: शनिबार, भदौ २, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update