Shittalpati
नहोस् नागरिकको स्वास्थ्यमा खेलवाड

प्रायः बाहिरबाट आउने सबै तरकारी विषादी हुने गरेको छ । यस्तो तरकारीको सेवन स्वास्थ्यका लागि हानिकारक हो भन्ने जानकारी छ तर, बाध्यताले यसको प्रयोग गर्नु परेको छ । भारतबाट आयात हुने तरकारीमा अत्याधिक मात्रमा विषादी हुने गरेको छ । सरकारी तवरबाट यसको कडाइका साथ परीक्षण हुन नसक्नु दुखद् हो । तरकारीमा विषादीको प्रयोग बढेका कारण नेपालीहरूमा गम्भीरखालका रोग लाग्ने गरेको पनि पाइएको छ । आयातित विषादीमध्ये ८५ प्रतिशत तरकारीमा प्रयोग हुने गरेको छ । सरकारले अर्गानिक खेती प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ तर, बालीनालीमा विषादी प्रयोगदर बढ्दै गएको छ । सरकारले संविधानले सुनिश्चित गरेको सुरक्षित र गुणस्तरीय वस्तु उपभोग गर्न पाउने अधिकार सुनिश्चित गर्ने दायित्व पूरा गर्न सकेको छैन ।

नेपालमा प्रत्येक वर्ष भित्रिने विषादी मध्ये ८५ प्रतिशत तरकारी बालीमा प्रयोग हुन्छ । अधिकांश मानिसहरु विषादी तरकारी कै कारण मृत्युवरण गर्नु परेको छ । स्वास्थ्य नै हरेक नागरिकको सम्पत्ति हो । स्वस्थ नागरिक नै देशको धन हो । स्वस्थ नागरिक नभई देशको उत्पादकत्व बढ्न सक्दैन, साथै स्वास्थ्यमा गर्ने खर्चको छुट्टै व्यवस्था गर्नु पर्ने बजेट शिक्षा तथा अन्य विकाकका कार्यमा खर्च गर्न सकिन्छ । अत्याधिक विषादीको अवशेष नरहने गरी स्वस्थ तरकारी खाने वातावरण बनाउन सरकारले प्रोत्साहन गर्न आवश्यक छ । जलवायु परिवर्तनका कारण तरकारी तथा खाद्यान्नमा विभिन्न रोगका कीरा देखिन थालेकाले किसानले त्यसलाई नियन्त्रण गर्न अन्धाधुन्ध रूपमा विषादी प्रयोग गर्न थालेका छन् । यसलाई रोक्न आवश्यक छ । किसानमा जनचेतनाको कमीका कारण र वैकल्पिक उपाय नखोज्दा आम उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ । यसको नियमन र न्यूनीकरणको एकमात्र उपाय भनेको जनचेतना र ऐनको पूर्ण कार्यान्वयन नै हो । सरकारले नियमन गर्न नसक्दा भारतबाट थू्रप्रै विषादी तरकारी भित्रिने गरेको छ । बजार अनुगमन र नियमनको पाटोमा जिम्मेवारी पाएका सम्बन्धित निकाय र सरोकारवालाले स्थानीय स्तरबाटै काम नगर्ने हो भने विषादी तरकारीले समाज रोग र मृत्युले  घेरिनेछ । यसर्थ यसतर्फ सम्बन्धित निकाय गम्भीर बन्न जरुरी छ । 

प्रकाशित मिति: आइतबार, भदौ ३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update