करेन्ट लागेर एक पुरुषको मृत्यु
रूपन्देही, रुपन्देहीमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१३ बेलबासस्थित नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवामा बैतडी सुर्नया गाउँपालिका–२ का ४२ वर्षीय हरिस बहादुर चन्दको करेन्ट लागेर मृृत्यु भएको हो ।
उनले सिंह निर्माण सेवा मार्माकार दार्चुलाले लिएको ठेक्कामा काम गर्दै आएका थिए । विद्युतको पोलबाट टेलिकमको तार तान्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ८, २०८०
प्रतिक्रिया दिनुहोस्