Shittalpati
करेन्ट लागेर एकको मृत्यु

बुटवल, रुपन्देहीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको रोहिणी गाउँपालिका–४ सुईलिहवास्थित गोएल मेटल उद्योगमा काम गर्ने रौतहट गुजरा नगरपालिका–६ बेदौलीका १९ वर्षीय पप्पु पासवानको करेन्ट लागेर मृत्यु भएको हो ।

पासवान मिक्चर मेसिनमा काम गर्ने क्रममा करेन्ट लागेर शनिबार गम्भीर घाइते भएका थिए । उनको भिम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रकाशित मिति: आइतबार, भदौ १०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update