Shittalpati
तानसेनमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु 

पाल्पा, जिल्लाको तानसेन नगरपालिका –१४ अर्गेलीमा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार विहान १ :३० बजे भएको दुर्घटनामा चालक सल्यान कालीमाटी गाउँपालिका – २ का  ३० वर्षीय नरेश घर्ती मगरको मृत्यु भएको  हो ।
 

दुर्घटनामा घाइते भएका मगरको उपचारका क्रममा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । अर्गेली पुरानो गाउँस्थित तानसेन–तम्घास सडक खण्डमा जोर्तेदेखि अर्गलीतर्फ जाँदै गरेको लु ४२ प ६७०९ नम्बरको मोटरसाइकल भित्तामा ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार अर्का एक जना घाइते भएका छन् । घाइते हुनेमा नवलपरासी पश्चिम श्ररावल गाउँपालिका –१ का २८ वर्षीय ओम प्रकाश थारु रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइते थारुको मिसन अस्पतालमा उपचार पछि सिटी स्क्यानका लागि लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ । उनको शरिरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । थारुको अवस्था भने सामन्य रहेको अस्पतालले जनाएको छ । दुर्घटनाको विषयमा  थप अनुसन्धान भईरहेको प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
 

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update