Shittalpati
तानसेनमा लायन्स अन्तर्राष्ट्रियको पदस्थापनसँगै प्रशिक्षण

पाल्पा, जिल्लाको तानसेनमा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ पी एरिया २ को आयोजनामा पदस्थापना तथा प्रशिक्षण कार्यक्रम गरिएको छ । जिल्लाको एरिया २ अन्तर्गत रहेका १२ वटा लायन्स क्लब र दुई वटा लियो क्लबको पदस्थापना र प्रशिक्षण कार्यक्रम भएको हो ।

 कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का डिष्ट्रिक गर्भनर लायन्स पीएमजेफ अर्जुनमान शैजुले एरिया २  पाल्पा अन्र्तगतका २०२३/२०२४ का पदाधिकारीलाई पदस्थापन गर्नुका साथै नयाँ सदस्यहरुको इन्ड्रक्सन गराएका थिए । उनले पदाधिकारी तथा सदस्यहरुहरुलाई पदस्थापन सँगै इन्ड्रक्सन गर्दै लायनवादको मूलमर्म अनुसार आफ्ना परियोजना अघि बढाउन निर्देशन दिए । विभिन्न क्षेत्रमा स्थापित प्रबुद्ध व्यक्ति सहभागी लायन्स क्लबले छोटो समयमै आफूलाई अब्बल क्लब सावित गर्नेमा आफू आशावादी रहेको गर्भनर शैजुले बताए । कार्यक्रममा फस्ट भ्वाईस गर्भनर लायन्स एमजेफ पुरुषोत्तम भक्त प्रधानौं, सेकेण्ड भिजिटी लायन्स पीएम जेफ बालाराम भट्टराई, डिष्ट्रिक, अर्नरी एडभाइजर लायन्स बुद्धिप्रसाद शर्मा लगायतले क्लवको सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा १२ क्लव र २ लियोका अध्यक्ष, प्रथम उपाध्यक्ष, सचिव र कोषाध्यक्षलाई प्रशिक्षण समेत दिइएको थियो । उनीहरुलाई संस्थागत विकास गर्न के गर्ने ? कसरी कार्यक्रम बनाउने, कसरी कार्यान्वयन गर्ने, आर्थिक कारोबार कसरी पादर्शी राख्ने, सेवा प्रवाह कसरी गर्ने जस्ता विषयमा प्रशिक्षण दिइएको थियो । उनीहरुलाई प्रशिक्षक ग्लोबल एक्सन टिमका  अनिल श्रेष्ठ, सञ्जिव कसौधन, डिष्ट्रिक सेक्रेटरी दिने श्रेष्ठ, भूपति न्यौपाने लगायतले प्रशिक्षण दिएका थिए ।

गर्भनर टिम सम्मानित
यस्तै गर्भनर टिमलाई सम्मान गरिएको छ । २०२३/०२४ का ५ जना गर्भनर टिमलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा लायन्स क्लब ईन्टरनेशनल डिष्ट्रिक ३२५ बी २ का डिष्ट्रिक गर्भनर लायन्स पीएमजेफ अर्जुनमान शैजु, फस्ट भ्वाईस गर्भनर लायन्स एमजेफ पुरुषोत्तम भक्त प्रधानौं, सेकेण्ड भिडिजी लायन्स पीएम जेफ बालाराम भट्टराई, डिष्ट्रिक सेक्रेटरी  लायन्स विनोद खरेल, डिष्ट्रिक ट्रेजर लायन्स एमजेफ सन्दीप कसौंधन रहेका छन् । एरिया २ का चिफ लायन्स एमजेफ भिमबहादुर श्रेष्ठको अध्यक्षता, रिजन चियर पर्सन लायन्स गंगाबहादुर खत्रीको धन्यवाद, एरिया २ का सेक्रेटरी लायन्स अशेष भट्टराईको सञ्चालनमा कार्यक्रम भएको थियो ।  

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update