Shittalpati
खोलामा डुबेर दुई जनाको मृत्यु

पाल्पा, खोलामा डुबेर दुई जनाको मृत्यु भएको छ । रुपन्देही र कपिलवस्तुमा डुबेर दुई जनाको मृत्यु भएको हो । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार रूपन्देहीको तिलोत्तमा नगरपालिका–६ दश नम्बरस्थित सताहा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । वडा–४ का ५५ वर्षीय विष्णु शर्माको खोलामा डुबेर मृत्यु भएको हो ।

यस्तै कपिलवस्तु, शिवराज नगरपालिका–३ मदवामा पनि खोलामा डुबेर अर्को एक जनाको मृत्यु भएको हो ।  सोही ठाउँका ७० वर्षीय सालिके कामीको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरदेखि करिब ६ सय मिटर वनशक्ति टोलस्थित काँडे खोलामा डुबेर उनको मृत्यु हो । माछा मार्न गएको अवस्थामा अचानक डुबेर अशक्त भएका उनको जिल्ला  तौलीहवा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ । दुवै घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update