सुन्दा अत्यान्तै राम्रो लाग्छ, तर शब्द आफैमा बडो महत्वपूर्ण छ । नेपाली राजनीतिमा अहिले चलेको भाषण र चर्चा ‘मिशन २०८४’ अर्थात २०८४ सालमा हुने निर्वाचनलाई लक्ष्य गरेर गर्ने कुराकानीलाई मिशन भन्दै आएको भन्न सकिन्छ । गजवको विषय के हो ? भन्ने प्रश्न गर्नेका लागि ‘मिशन ०८४’ आफैमा राजनीतिको उल्टा फण्डा मात्रै हो । अहिले धरानमा जातीय उपद्रो शुरु भएको छ । फलस्वरुप देशभर धार्मिक असहजताका आवाजहरु खलवललाईरहेका छन् । के यस्तो अवस्थामा ‘मिशन ०८४’ सम्झी बस्ने ? वर्तमान समस्याको समाधान खोज्ने तर्फ लाग्नुपर्नेमा यस्ता जिज्ञासाहरु आइरहनु नितान्त्यै गम्भीर विषय हो । आखिर समस्याको समाधान के हो ? खोज्नुपर्ने बेला अहिले आएको छ । राजनीतिमा पर्ने असरहरुका विषयमा कतै चर्चा नगर्ने अनि समस्या देखाएर लोकतन्त्र नै खराव रहेछ भन्दै हिड्ने सोंचले गर्दा पनि समस्याहरु आएका हुन् । मुख्य राजनैतिक दलहरुले आफ्नो एजेण्डा मात्रै अगाडि सार्ने कि, जनमुखि नीति र कार्यक्रमलाई जनताको घर दैलोसम्म लग्ने बारे कोशिस गर्ने भन्ने विषय महत्वपूर्ण हो ।
अनावश्यक भाषण र चौतारीका गफले मुलुक चल्दैन । पुरानादलहरु प्रतिको आस्था र विश्वासमा कमी आउँने खालका वातावरण निर्माण गर्ने भन्दा पनि आफ्नो दलको कामलाई जनमूखि बनाएर अगाडि बढ्नुको कुनै पनि विकल्प छैन । आफु राम्रो बन्नका लागि अरुलाई गाली गर्ने भन्दा पनि प्रेम अनि सद्भावको भावनाले अभिप्रेरित भएपछि जनताको विश्वास जित्न सकिन्छ । अन्यथा खाली भाषण र एक अर्का बीचको गाली गलौचले मात्रै समस्यासम्म पुग्न सकिन्न र समस्याहरुको समाधान पनि हुन सक्दैन । जनताको विश्वास जित्ने र जनमनका कुरा गर्ने वाहेक अरुले काम लाग्दैन भन्ने कुरा राजनैतिक दलहरुले बुझेर सोही अनुसार आफ्ना नीति र कार्ययोजना निर्माण गर्ने वाहेक अर्को विकल्प अहिले छैन ।