Shittalpati
बालिकाको मृत्यु पछि तनाव ग्रस्त बनेको तम्घास शान्त बन्दै

गुल्मी, गुल्मी अस्पतालमा उपचारको क्रममा मंगलबार छ वर्षीया बालिकाको ज्यान गएपछि तनाव ग्रस्त बनेको सदरमुकाम तम्घास यति बेला शान्त बन्दै गएको छ । अर्घाखाँचीको छत्रदेब गाउँपालिका–७ काउलेकी छ वर्षीया बालिका प्रशंसा मरासिनीको उपचारको क्रममा ज्यान गएपछि पीडितका आफन्त र स्थानीयहरु आन्दोलनमा उत्रिएपछि तम्घास बजार तनाव ग्रस्त बनेको थियो ।

बालिकाको मृत्युको छानबिन माग गर्दै  आफन्तले आन्दोलन गर्दै आएका थिए । आन्दोलनमा उत्रिएका पीडित पक्षले प्रशासन कार्यालय अगाडि नाराबाजी गर्दै टायर बाल्ने क्रममा पेट्रोल शरीरमा लागेपछि अर्घाखाँची छत्रदेव गाउँपालिका–६ र ७ का ३३ वर्षीय लक्ष्मण पौडेल र २५ वर्षीय कृष्ण पाण्डे जलेर घाइते भएका थिए ।  एक्कासी पेट्रोल खनाएर बाल्ने क्रममा पाण्डे र पौडेलको शरीरमा परेर जलाउँदा घाइते भएका हुन् । उनीहरुको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ ।

आफन्ताले चिकित्सकको लापरवाहीले बालिकाको मृत्युु भएको बताएका छन् । अस्पतालमा भर्ना भएकी बालिकाले आफ्ना बाबा राजेस मरासिनीसँग ‘भोक लाग्यो बाबा बिस्कुट खान्छु’ भनेको र बावुले पख छोरी केही बेरमा डाक्टर आउनुहुन्छ र सोधेर खाउली भनेपछि बालिका अस्पतालको बेडमा गएर सुतेको आफ्न्ताले बताएका छन् । बालिका सुतेको केही समयपछि डिउटीमा खटिएकी एक स्टापले उनको हातमा केनलाको माध्यमबाट ईन्जेक्ब्सन लगाईदिइन् । ईन्जेक्सन लगाउँदा सुतेकी बालिका एक्कासी ब्यूझिन पुगेको र हात तन्काउँदै चिच्याएको उनका बुवाले बताए । त्यसपछि बालिकाले मुखबाट सामान्य फिँज निकालेपछि अस्पतालका स्वास्थ्यकर्मीले नेपकिनले मुखको फिँज पुछि बालिकाको हात र खुट्टा मुसार्दिनु भन्दै अन्य बिरामीको हेरचाहमा लागेको आफ्न्ताले बताएका छन् । त्यतिबेलासम्म बालिकालाई समस्या देखिएपछि उनका बावुले पटक–पटक डाक्टरलाई बोलाउँदा समेत नआएपछि बालिकाको मृत्यु भएको बताइएको छ ।

 बिरामीका आफन्तहरुले डाक्टर तत्काल त्यहाँ नहुनु र समयमा नआएको हुँदा बालिकाको ज्यान गएको बताएका छन् ,तर डाक्टर र अस्पताल व्यवस्थापन समितिले भने त्यसो नभएको जिकिर गरे । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र जिसीले अस्पतालमा भर्ना भएकी मृतक बालिकाको स्वास्थ्य जाँचको क्रममा रिपोर्ट सामान्य रहेको र उपचारकै क्रममा बालिकाको मृत्यु भएको बताएका छन् । अस्पतालले मृत्युको कारण बारे स्पष्ट रुपमा जानकारी नदिएपछि अस्पतालको लापरवाहीका कारण बालिकाकोे अनाहक मै ज्यान गएको भन्दै पीडित परिवारका आफन्त र स्थानीयले गुल्मी अस्पताल र जिल्ला प्रशासन कार्यालयमा विरोध प्रर्दशन गरेका थिए । घटनाको विषयलाई लिएर अहिले गुल्मीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीको समन्वयमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा जिल्ला समन्वय समिति प्रमुख द्रोणबहादुर खत्री, रेसुङ्गा नगरपालिका प्रमुख खिलध्वज पन्थी, अर्घाखाँचीको छत्रदेब गाउँपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ, अस्पताल प्रशासन र मृतकका आफन्तबीच छलफल पछि घटना सामान्य हुँदै गएको हो ।  

छलफलको क्रममा घटनाको वास्तविक रुपमा सत्यतथ्य छानविन गर्ने भन्दै सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति समेत गठन गरिएको छ ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update