Shittalpati
गुल्मीमा जलेर घाइते  भएकाको अवस्था बुझ्न काँग्रेस नेता भट्टराई अस्पताल

पाल्पा, गुल्मीमा मंगलबार भएको आन्दोलन हुँदा जलेर घाइते भएकाहरुको स्वास्थ्य अवस्था बुझ्न नेपाली काँग्रेस गुल्मीका सचिव एवं युवा नेता जगदीश भट्टराई अस्पताल पुगेका छन् । घाइते भई तानसेनस्थित युनाईटेड मिसन अस्पतालमा उपचाररत अर्घाखाँची छत्रदेव गाउँपालिका–६ र ७ का ३३ वर्षीय लक्ष्मण पौडेल र २५ वर्षीय कृष्ण पाण्डेको अवस्था बुझ्न भट्टराई बुधबार अस्पताल पुगेका हुन् ।

जहाँ विपद् त्यहाँ काँग्रेस भन्ने अभियान सहित राजनीतिमा सक्रिय  युवा नेता भट्टराईले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै उपचारमा कुनै पनि कमी हुन नदिन अस्पताललाई आग्रह समेत गरेका छन् ।

जिल्ला अस्पतालमा उपचारको क्रममा छ वर्षीया बालिकाको ज्यान गएपछि  आन्दोलनमा उत्रिएका पीडित पक्षले प्रशासन कार्यालय अगाडि नाराबाजी गर्दै टायर बाल्ने क्रममा पेट्रोल शरीरमा लागेपछि एक्कासी पेट्रोल खनाएर बाल्ने क्रममा पाण्डे र पौडेलको शरीरमा परी जलेर घाइते भएका हुन् ।

प्रकाशित मिति: बुधबार, भदौ १३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update