Shittalpati
तानसेनको कैलासनगरमा बिजुलीको पोलमा आगलागी, ठूलो क्षती हुनबाट जोगियो

तानसेन,  तानसेनको कैलासनगरमा रहेको विद्युतको पोलमा आगलागी भएको छ । आज बिहान ५ बजे कैलासनगर चोकमा विद्युत प्राधिकरणको तारमा एक्कासी आगलागी भएको हो ।

आगलागीबाट ठूलो क्षती हुनबाट जोगिएको छ । आगलागी पछि कैलासनगर आसपासमा विद्युत आपूर्ति बन्द भएको छ । प्रत्यक्षदर्शी एवं  शितलपाटीकर्मी दिपक अधिकारिका अनुसार विद्युत प्रवाह भइरहेका बेला तार बेरेको स्थानमा एक्कासी आगो बलेको थियो ।



विद्युत प्राधिकरण संगै नेपाल टेलिकम, केबुल अपरेटर तथा इन्टरनेट सेवा प्रदायकहरुले अव्यवस्थित रुपमा तार टाँग्दा विद्युत सट भएर आगलागी भएको हुन सक्ने  जनाइएको छ ।
तारमा लागेको आगो प्रहरी र स्थानीयले निभाएका थिए । पोलमा रहेका तार जले पनि आसपासका घरहरुमा भने कुनै  क्षती भएको छैन। तारमा आगो लागेपछि स्थानीय त्रसित भएका थिए ।




प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update