Shittalpati
तस्वीरमा जनैपुर्णिमा तथा रक्षाबन्धन

पाल्पा, आज हिन्दुधर्मावलम्बीहरुले रक्षाबन्धन एवंम जनैपुर्णिमा मनाउँदैछन् । आज सबेरै नुहाइधुवाई गरी रक्षा बन्धन तथा मन्त्रोचरणसहति जनै लगाएमा रोगव्याध नलाग्ने सामाजिक मान्यता रहेको छ ।  रक्षा बन्धन र जनै लगाउनेको आज विभिन्न मन्दिरहरुमा घुइँचो लागेको छ । तानसेनका  अमर नारायण मन्दिर, भगवती मन्दिर लगायतका मन्दिरहरुमा विहानैदेखि घुइँचो लागेको छ । वैदिक सनातन धर्मावलम्बीले मन्दिर, नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ ।

 तस्विर : जगदीश /शित्तलपाटी डटकम

प्रकाशित मिति: बिहीबार, भदौ १४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update