Shittalpati
बगनासकालीमा एक वर्षीया बालिकाको पानीमा डुुबेर मृत्यु

पाल्पा,  जिल्लाको बगनासकाली गाउँपालिका – १ चिलाङ्दीमा पानीमाडुुबेर एक वर्षीया बालिकाको मृत्यु भएको छ । बुधबार बाथरुममा भरी राखेको बाल्टिनको पानीमा डुबेकी पुर्वखोला गाउँपालिका– २ की एक वर्षीया बालिका अंशिका शारुको उपचारका क्रममा मृत्यु भएको हो ।

बालिका बाल्टिनको पानीमा डुबेपछि बुवा अनन्त सारुले उपचारका लागि तानसेनस्थितयुनाइटेड मिसन अस्पताल पुर्‍याएका थिए । अस्पतालमा डाक्टरले चेंक जाँचपछि मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पूर्वखोला घर भएका सारु चिलाङ्दीमा कोठा भाडामा बस्दै आएका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १५, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update