Shittalpati
तानसेनमा जिप दुर्घटना हुँदा ६ घाइते

पाल्पा, जिल्लाको तानसेन नगरपालिका –१२ कार्तिके स्थित भित्री पक्कि सडक खण्डमा जिप दुर्घटना भएको छ । बुटवलबाट गुल्मीतर्फ जादै गरेको बा १६ च ४३७३ नम्बरको डबल क्याप स्कार्पियो जिप शनिबार दुुर्घटना भएको हो ।

दुुर्घटनामा परी ६ जना घाइते भएका छन् ।  घाइते हुुनेहरुमा चालक रुपन्देही सैनामैना नगरपालिका – ११ सालझण्डीका २३ वर्षीय कृष्ण भुषाल, सैनामैना–३ मुर्गियाका ६७ वर्षीय तुलसीराम घिमिरे, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका –५ तल्ला हुलाकका ४७ वर्षीय बेद प्रकाश अधिकारी, रुपन्देही सैनामैना नगरपालिका –१० सालझण्डीका ४९ वर्षीय तोयानाथ घिमिरे, सैनामैना– ८ रामपुर कोलनीका ३१ वर्षीय लक्ष्मण खनाल, सैनामैना– ६ दुधराजकी ४८ वर्षीया सान्ता पन्त रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए । उनका अनुसार घाइतेहरुको उद्दार गरी लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको छ । गाडी आफै अनियन्त्रित भई बाटो देखि अन्दाजी ५० मिटर तल खेतमा खसेको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update