Shittalpati
छैटौं तलाबाट हाम फालेर एकको मृत्यु

पाल्पा, वीर अस्पतालको छैटौं तलाबाट हाम फालेर एक पुरुषको मृत्यु भएको छ । सोमबार विहान २ बजेतिर सर्जिकल भवनको तलाबाट उनले फाम फालेको अस्पतालको सीसीटीभी फुटेजमा देखिएको छ ।

हाम फालेका ती पुरुषको पहिचान खुलेको छैन । उनी अन्दाजी ४० वर्षका रहेका छन् । ति पुुरुष बिरामीको आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेको अस्पतालले जनाएको छ ।  उनी अस्पतालको माथि तलामा गएर हाम फालेका थिए । अस्पताल प्रशासनले बुझ्दा उनका कोही बिरामी अस्पतालमा नभएको पाइएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update