Shittalpati
ला व खेँ अर्थात ‘लाखे’

लालकाजी शाक्य
हिजोआज देश लाखेमय भएको छ ¤ के बालख के युवा जस्ले पायो पैसाको लोभले लाखे निकालेर अर्थ न बर्थ बुरुक्क बुरुक्क उफ्रेर छाँट न काँट नाचेर जे मन लाग्यो त्यही गरेको देखियो । यो खास विशुद्ध नेवारी चलन हो । हिजोआज सबै जातिले यस्को महत्व बुझेर लाखे नचाउँछ । लाखे नचाउनेसंग लाखे के हो ? लाखे किन नचाईन्छ ? भनेर सोधे जवाफ दिन सक्दैन, के गाउँ के सहर, के गल्ली जहाँ पनि साँझ पर्ना साथ लाखे निकाल्न सुरु गरिहाल्छ । लाखेको बारेमा केन्द्रीत रहेर यहाँ चर्चा परिचर्चा गर्ने प्रयास गरिएको छ ।

लाखे भनेको के हो ?
लाखे भनेको मानव समाजदेखि टाढा बसेर मानिसलाई दुःख दिने, सताउने, मान्छे मारेर खाने सम्पत्ति लुट्ने प्रवृति भएको दानविय शक्ति भएको राक्षस हो । मानिस भएर पनि गलत बाटो समातेर अरुलाई दुःख दिने हुनाले मानिसले त्यागेकाले मानवबस्तीबाट टाढा बसेर जीविकोपार्जन गर्न विभिन्न गलत काम गर्ने भएकाले राक्षस भनेका हुन् । यिनीहरुले आफू भन्दा कमजोर देवतालाई पनि सताउने गर्छन् । यिनीहरुको अगाडि मानिस जान डराउँछन् । यिनीहरुसँग सकेसम्म जोगिने प्रयास गर्छन् । गाउँ, वस्ती नजिक राक्षस आयो भने गाउँ वस्ती खाली नै गरेर मानिसहरु भाग्छन् ।

कहाँबाट आएको थियो ?
कसैकसैको भनाई अनुसार दक्षिणतिरका मानिस नेपाल आउने क्रममा मानिस मारेर खान पाउने लोभले पिछा गर्दै नेपाल छिरेका हुन् भन्छन् । कसैले मंगोल तिरबाट मंगोलहरुसंग आएको अनुमान गरेका छन् । सहिकुरा कसैले भन्न सक्दैन । यो सोधको कुरो भएको छ, पुराना बुढापाकाहरुले भनेको सुनेको  पढेको कथा यहाँ प्रस्तुत गर्दैछु । किंवदन्ती अनुसार त्यो बेलाको कान्तिपुर हिजोआजको जस्तो बिशाल थिएन । सानो वस्ती अथवा गाउँ जस्तै थियो । उत्तरमा सो¥हखुट्टे, पुर्वमा भद्रकाली, बिचमा बशन्तपुर, पश्चिममा विस्णुमती, दक्षिणमा टेकु यही चार किल्लालाई यें अर्थात् काठमाडौं भन्ने गरिन्थ्यो । यहि खाल्डोमा नेवारको वस्ती थियो संसार थियो । यिनीहरुको जिविका खेतिबारी गरेर नै चल्दथ्यो । धेरै जसो ज्यापू, गुरुज्यु, शाक्य, बज्राचार्य, गुभाजुहरु बस्द्थे । यिनीहरु तन्त्रमन्त्र पुजापाठ गरेर नै जीवन धानेका थिए ।

आजभन्दा करिब एघार सय वर्ष अगाडि एउटा यस्तो घटना घट्यो कि नेपाल खाल्डोमा खेती गर्नै मुस्किल भयो । त्यहाँका बासिन्दाले कति पुजापाठ गरे तर केही सीप लागेन । हार मानेर गुरुज्यु कहाँ गएर आफ्नो दुःख पीडा पोखे, गुरुज्युले ध्यान दृष्टिले हेर्दा तलेजु भवानीलाई ल्याएर मन्दिर बनाई स्थापित गरेमा समस्या हल हुने बताए । यति कुरा सुनेपछि पाँच जना ज्यापु र केही गुरुज्यु मिलेर तलेजु भवानीको खोजीमा हिंडे । केही दिनको प्रयासपछि तलेजु भवानीले तपस्या गर्दै गरेको गुफामा पट्टी लगाएर भित्र छिर्न खोज्दा गुफाभित्र असंख्य राक्षसहरु एक आपसमा झगडा गरिरहेका थिए । तान्त्रिक गुरुज्युले आफ्नो शक्तिद्वारा सबैलाई सुताईदिए, तर एक जना बलियो राक्षसलाई केहि गरेपनि सुताउन सकेन हार मानेर तलेजु भवानीको आरधना गरेपछि भवानी प्रकट भएर राक्षसलाई शान्त गरी समस्या सुनेर हल गरिदिने बचन दिनुभयो । बचन अनुसार तलेजुभवानीसंगै आउन तयार भइन् । गुरुज्युहरुले भवानीलाई साथ लिएर आउँदा सबैलाई भित्र आउन दिए तरसंगै आएको राक्षस मजिपालाई दुःख दिनेभएकाले त्यहाँको बासिन्दाले भित्र छिर्न दिएनन् । तलेजुको स्थापना पछि खेती राम्रो भयो । विचरा मजिपा एक्लो भएपछि दिनरात रुँदै हिँड्न थाले सधैँभरी रुदै गर्दा त्यहाँका बासिन्दाको पनि मन पग्लियो यो कुरा राजा कहाँ जाहेर भयो । राजा आएर रुनुको कारण सोधे आफु एक्लो भएकोले रोएको र आफुलाई मानिससंग बस्न दिए यही बस्ने थिए भनी बिन्ती गरे । राजाले भने तिमी राक्षसजाती तिम्रो केही भरोसा छैन, राति सबै सुतेको बेला मानिस मारेर खायौ भने ? मजिपा राक्षसले त्यस्तो केहि गल्ती नगर्ने बचन गरे । राजाले त्यसो भए मानिसको रक्षा गरेर बस भनेपछि त्यहाँका बासिन्दाले भित्र आउनदिए । आफ्नो बचन अनुसार मानिसको दुःख सुखमा साथ दिन थाले । भवानीले मजिपा राक्षसको रिस शान्त पारिदिएकोले यिनलाई शान्त भैरव भन्न थालियो ।

लाखे नाम कसरी रहन गयो ?
माथि लेखिएको भनाई अनुसार जब राजाले मजिपालाई भित्र आउन दिने क्रममा सोधे तिमी राक्षसजाति तिमीले मान्छे मारेर खाने जात यहाँ बसे पछि के खान्छौ ? मजिपाले भने मलाई मासु र अण्डा भएपुग्छ । राजाले पनि उनको माग अनुसार मासु र अण्डा खुवाएर राखे । मासु र अण्डा खाने भएपछि मजिपालाई लाखे भन्न थालियो । नेवारीमा मासुलाई (ला) र अण्डा लाई (खेँ) भनिन्छ । ला र खेँ शब्द अप्रभंस भएर लाखे भन्ने गरियो । यहि नामबाट मजिपा राक्षसको नाम मजिपा लाखे रहन गयो ?

कहिले निकाल्ने लाखे ?
ठाउँ अनुसार लाखे निकाल्ने गरिन्छ । तानसेनमा गाठेमंगलदेखि निकालिन्छ । बुटवलमा नागपंचमी देखि, काठमाडांैमा येंयापुन्ही एकसाता र अन्य ठाउँमा आफ्नो समय अनुकुल निकालिन्छ । केहि वर्ष तानसेनबाट लोप नै भैसकेको लाखे केही युवाको जोस जाँगरले पुनःलाखे नाँच निकालिन थालेको छ । यस्को लागि सबैलाई धन्यवाद दिनै पर्छ ।

लाखे निकाल्ने विधि
हिजोआज जो कोहिले पैसा र मनोरञ्जनको लागि लाखे निकालिन्छ । यो गलत हो, लाखे राक्षसी स्वभाव भएपनि मानिसको रक्षक भएकाले पैसाको लागि लाखे नचाउन हुन्न । लाखे निकाल्नुभन्दा पहिला विभिन्न विधि पु¥याउनु आवश्यक छ । लाखे निकाल्नु पुर्व राम्रो तरिकाले महिनौ तालिम गर्नुपर्छ । तालिम गर्ने बेलाम समेत लाखेको आरधना गरी धुप दिप बालेर सिपालु गुरुबाट सिक्ने गर्नुपर्छ । जथाभावी नाच्न थालियो भने राम्रो पनि हुन्न र अनर्थ पनि हुन सक्छ । तालिम पूरा भएपछि लाखे निस्कने दिन बिहानै उठेर स्नान गर्नुपर्छ । महिनावारी भएकी आईमाईले छुनहुन्न । चोखो बस्नुपर्छ । साँझपख लाखे निकाल्ने बेला गुरुज्युले सुकुण्डा कलस स्थापना गरेर गणेशको पुजा गरिसकेपछि लाखेको आरधना गरी गुरुज्युले लाखे बन्ने व्यक्तिको हातमा हाँसको अण्डा, माछा, मासु, दही, रक्सीको सगुन दिइन्छ । त्यसपछि सम्पूर्ण गुठी भाईलाई समयबजी भोज खुवाउनुपर्छ । लाखेको मुखौटालाई पनि विधिपूर्वक पुजा गरेर गुरुज्युको हातले नै मुखौटा लगाईदिने गर्छ । लाखे नचाएर फर्किंदा पनि गुरुज्युद्वारा विधिपूर्वक पुजा गरेर मात्र भित्राईन्छ ।

झ्यालिन्चा (जोकर)
जोकर हुने व्यक्ति सकभर बच्चा नै हुनुपर्छ । किनभने राजाले मजिपा लाखेलाई मासु अण्डा खुवाएर राखेपछि किसानहरु खेतमा काम गर्न गएको बेला आफ्नो छोराछोरी मजिपाको जिम्मा लगाएर जान्थे । मजिपा लाखे दिनभरजसो किसानको छोराछोरीसंग रमाई उफ्रीउफ्री खेल्न लागे । बच्चा भनेपछि हुरुक्कै हुन्थे । त्यसकारण लाखे नचाउँदा बच्चालाई नै जोकर बनाउनुपर्छ । लाखेले बच्चालाई केही गर्दैन, तर नाचको क्रममा लाखेले समात्यो भने जरिमाना तिर्नुपर्छ ।

लाखे कहिले देखि नचाउन थालियो ?
किंवदन्ती अनुसार बि.स. ११ सय वर्षको आसपास मजिपा लाखेपालाको राजाको मृत्युपछि राजा गुणकामदेवले लाखे नचाउने चलन चल्तीमा ल्याएको हो । राजा गुणकामदेवले लाखेलाई त्यसै राख्नुको सत्ता मनोरञ्जन गरेर लाखे नचाउने चलन चलाएको हुनुपर्छ । नेपालको पहिलो लाखे मजिपा भनेमा फरक पर्दैन । किनकी राजाले नै ला व खेँ मजिपालाई पहिलो पटक खुवाएको थियो । त्यहिबेलादेखि लाखे भन्ने चलन चल्यो ।

लाखेको नाम
लाखेको नाम पनि ठाउँ अनुसार राखेको पाईन्छ । काठमाडौंमा मजिपा लाखे, पाटनमा मिप्वा लाखे, कुनै ठाउँमा जुजु लाखे, मजिपालाखे लाईनै जुजु लाखे भनिन्छ । राजाले पालेर राखेको र राजाको मनोरञ्जन गर्ने भएकोले जुजु लाखे भन्ने गरियो ।

बिसर्जन कहिले गर्ने ?
यस्को कुनै सीमा छैन आ-आफ्नो ठाउँ र प्रचलन अनुसार बिसर्जन गरिन्छ । पाल्पा तानसेनको लाखे कृष्ण जन्माष्टमीको दिन भगवती माईको मन्दिरमा केहीबेर नचाई बन्दुक हानी लाखे मारेपछि बिसर्जन भएको मानिन्छ । काठमाडौमा यंया पुन्हीको दिन र कसैले दसैंसम्म नचाएर बिसर्जन गर्छ ।

लाखेलाई मासु र अण्डा नै किन ?
लाखेलाई भैरवको रुपमा हामीले पूजा गर्छौं । रोट, समयबजी, कालो भट्ट, हाँसको अण्डा, रक्सी, बोका, राँगा, हाँस, कुखुरा परेवाको बली दिन्छौं, चढाउँछौं । यस्तो चलन किन भने भैरव पनि राक्षस जातिमा जन्मे पनि मानिसको उपकार गर्ने भएर हो र मासु नै राक्षसको मुख्य आहरा भएकोले मासु अण्डा  चढाउनलाई नै काठमाडौंबासीले यंया पुन्हीको समयमा लाखे नचाउने गर्छ । त्यहीबेला आफन्त बोलाएर पितृको नाममा समयबजी खाने र बाँड्ने गरिन्छ ।

लाखेको प्रेमिका
तपाईं हामीलाई थाहा न हुन पनि सक्छ । लाखेको एउटी प्रेमिका पनि छ रे नाम थाहा छैन ¤ राजा गुणकामदेव भन्दा अगाडिको कुरो हो । एकदिन मजिपा घुम्दै जाँदा खेतमा एउटी तरुनी टण्टलापुर घाममा पसिना चुहाउँदै काम गर्दै गरेको देखे राम्री तिनलाई देख्ने बितिकै मजिपा लाखे प्रेमजालमा फसे । तरुनीको अगाडि मनुष्यको रुप धारण गरेर नजिक गएर कुराकानी गर्दै परिचय मागे । ति तरुनी गरिब आमाबाको एक्ली छोरी थिइन् । दिनभर खेतमा काम गरेर साँझ घरमा गएर खाना बनाएर खुवाउनु पथ्यो । यस्तै(यस्तै कुरा दिनहुँ जस्तो हुँदै दुबै एक आपसमा प्रेमजालमा फसे पछि एक दिन मजिपा केटी माग्न घरैमा गए । आफ्नो र केटीको मायाको सबै कुरा भनेर हात मागे बाबुआमाले यिनी राक्षस भएको थाहा पाएपछि छोरी दिन्न भने । मजिपाले रिसले भने छोरी नदिए जे पनि हुनसक्छ भनेर डर देखाउन थाले । डरले ती दम्पती सहयोग माग्न राजाकहाँ गए । मजिपा र केटि दुबैलाई बोलाएर के कसो हो भनी सोधँे दुबैले सत्य कुरा बताए । एक अर्का बिना बाँच्न सक्दिन भने पछि राजाले तिमी राक्षस जातिको मानिसलाई सताउने मानिस मारेर खाने कसरी बिवाह गर्छौ ? यिनको लागि म जे गर्न पनि तैयार छु आजबाट सबै नराम्रो काम छोडिदिन्छु भनेर कसम खाई बाचा बन्धन गरेपछि राजाले दुबैको बिबाह गरिदिए ।

प्रकाशित मिति: बुधबार, भदौ २०, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update