Shittalpati
ग्लोबल आइएमई बैंकको सेवामा अर्को चमत्कार

पाल्पा, ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि मध्यनजर गर्दै  सेवामा अर्को नयाँ चमत्कार गरेको छ । बैंकले मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्नसक्ने सेवाको सञ्चालनमा ल्याएर सेवामा चमत्कार ल्याएको हो ।

बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त नयाँ सेवाको शुभारम्भ गरेका छन् । उनले काठमाडौंको कमलादीमा सेवाको शुुभारम्भ गरेका हुन् । ग्राहकहरुलाई नविनतम सेवा सुविधा दिने उद्देश्यका साथ बैंकमा रहेको आफ्नो वा अन्य ग्राहकको खातामा नगद रकम जम्मा गर्न रकम तथा चेक र डिपोजिट मेसिन सञ्चालनमा ल्याइएको अध्यक्ष ढकालले बताए ।  

 सेवा सञ्चालनमा आएसँगै अब बैंकका ग्राहकले बैंक कर्मचारीको सहयोग बिनै कुनै भौतिक फारम नभरी केवल खाता नम्बरको आधारमा मेसिनबाट सोझै नगद र चेक जम्मा गरी ग्राहकको खातामा तुरुन्तै रकम जम्मा  गर्न सक्ने छन् ।

बैंकमा हुने चेकको कारोबारलाई ग्राहकमैत्री बनाउने हिसाबले बैंकमा उपस्थित नभई मेसिनबाट चेक जम्मा गर्ने प्रविधि ल्याइएकाmे बैंकले जनाएको छ ।

नयाँ प्रणालीहरुको प्रयोगबाट नगद तथा चेक जम्मा गर्ने लगायतका सेवाहरु प्राप्त गर्न भौतिक फारम भर्नुपर्ने तथा बैंकको काउन्टरमा लाइन बस्नुपर्ने हालको अवस्था अन्त्य भई ग्राहकहरूलाई सहज सुविधा पुग्ने  बैंकले विश्वास लिएको छ ।

ग्राहकहरुले मेसिनको माध्यमबाट ९५ हजारसम्म नगद जम्मा गर्न सक्ने छन् । ग्राहकहरुले खाता मौज्दात, खाताको जानकारी, मिनी स्टेटमेण्ट र स्टेटमेण्ट प्रिन्ट पनि मेसिनबाट प्राप्त गर्नसक्ने बैंकले जनाएको छ । बैंकले नगद र चेक डिपोजिट मेसिन (सीडीएम) सेवा हालको लागि काठमाडौंमा ५ ठाउँमा गरेको छ । नगद जम्मा गर्ने मेसिन काठमाडौंको कमलादी र न्युरोडमा छ भने काठमाडौं भन्दा बाहिर इटहरी, नारायणघाट र बुटवलमा रहेको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update