Shittalpati
शाइन रेसुङ्गाका ग्राहकलाई नयाँ सेवा

पाल्पा, शाइन रेसुङ्गा विकास बैंकका सेवाग्राहीहरुका लागि  थप नयाँ सेवा सञ्चालनमा आएको छ । बैंकका ग्राहकले नेपालको पहिलो डिजिटल वालेट आइएमई पे मा अब सजिलै क्यास लोड गर्न सक्ने नयाँ सुविधा पाउने भएका हुन् ।

विभिन्न वित्तीय संस्थासँग आबद्ध भइ सेवाग्राहीहरुलाई विद्युतीय भुक्तानी सहज गराउने उद्देश्यका साथ आइएमई पेले शाइन रेसुङ्गा विकास बैंकसँग सम्झौता गरेको छ । सो सम्झौता अन्तर्गत अब शाइन रेसुङ्गा विकास बैंकका  सेवाग्राहीहरुले  बैंकको मोबाईल बैंकिङबाट सिधै आइएमई पेमा पैसा लोड गर्न सक्नेछन् । ‘आइएमई पे ले ग्राहकहरूको सुविधाको लागि सुरक्षित तथा नव प्रवद्र्धन सेवाहरूको माध्यमबाट क्यास–लेस सोसाइटी निर्माणमा थप प्रोत्साहन गर्नमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा बैंक राष्ट्रियस्तरको विकास बैंक हो । प्रविधिमैत्री सेवा सञ्चालन गर्दै आएको बैंकले विभिन्न अवार्डहरु पाउन सफल भएको छ ।

बैंकले गत वर्ष न्यु विजनेस एज प्रालिले आयोजना गरेको प्रतिस्पर्धामा बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड हात पारेकने थियो भने यस वर्ष इमर्जिङ एशिया बैंकिङ अवार्ड–२०२२ हात पारेको छ । बेस्ट पर्फमेन्स अन प्रोफिटाबिलिटी र बेस्ट पर्फमेन्स अन ग्रोथ क्याटेगोरिजका आधारमा बैंक उत्कृष्ट हुँदै अवार्ड जित्न सफल भएको हो । ५ अर्ब अधिकृत पुँजी र ४ अर्ब २८ करोड चुक्ता पुँजी भएको बैंकका देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १६ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

प्रकाशित मिति: आइतबार, भदौ २४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update