पुष्पकमल दाहाल प्रचण्ड पछिलो पटक यो मुलुकको सरकार प्रमुख बनेपछि विभिन्न चर्चा परिचर्चासँगै आलोचनाको पात्र पनि बने । आम जनतामा सरकारप्रति आशा भरोसा खासै थिएन । आलोचनाका बलिया–बलिया खम्बा बनेका बखतमा नारायाणकाजी श्रेष्ठले आम जनतामा उठेको भ्रमलाई एकाएक हटाउन लागेपछि अलोचनाका खम्बा एकपछि अर्को गर्दै ढल्दै गए । सुरुवातीमा गृहमन्त्रीले सुराकी वापतको रकम नलिने उद्घोष गर्दा उनको वास्तविक स्वरुप छल· भयो त्यसैबाट उनको प्रशंसाले माला लगाउने अवसर पाए । उनी नेपालीलाई फर्जी कागज बनाएर भुटानी शरणार्थी बनाएर अमेरीका पठाउने गिरोहलाई जरैबाट उखल्न सफल भए । यो प्रकरणमा रामबहादुर थापाका छोरा पक्राउ पर्नु अगाडि नै फरार भए । उनलाई कानुनी कठघारामा उभ्याउन भने सफल भएनन् । थापा पुत्रसँगै देउवा पत्नी र खाड पत्नीलाई कानुनी कठघरामा उभ्याउन नसक्दा गृहमन्त्रीको भन्दा प्रधानमन्त्रीको आलोचना चुँलीदै गएको यथार्थ नै हो । बालुवाटारको जमिन प्रकरणमा समेत उस्तै त्यस्तै भएको बखतमा फेरी सुन काण्डको नयाँ माध्यम थालनी भयो ।
राजस्व अनुसन्धाले प्रारम्भिक कार्य पुरा गरेपछि प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोलाई थप कार्य अगाडि बढाउन अख्तियारी दिइयो । सिविआईका कुशल दक्षता हासिल गरेकालाई देउवाको दवाबमा सरुवा गरियो । एउटा उद्देश्य बोडका गृहमन्त्रीको क्रियाकलापप्रति देउवा मात्र होइनन् ओली समेत असन्तुष्ट भए । नेकपा एमालेले सदन नै अवरुद्ध गरेको तथ्य र सत्य कहि कतैबाट छिपेको छैन । सुन काण्डलाई सिविआइले चित्त बुझ्ने गरी काम हुनेमा कसैको पनि दुईमत देखिदैन । सुन काण्डमा समातिएका एक जना पात्र जो नेकपा एमालेका अध्यक्ष ओलीका दाहिना भएका व्यक्ति हुन् । त्यस पछिका दिनमा एमालेले सदनमा अवरुद्धको थालनी गरेको हो । जुन व्यक्तिले नेकपा एमालेको चितवनमा सम्पन्न महाधिवेशनमा होटलको खर्च बेहोरेका थिए । भण्डै दस करोड खर्चिएका व्यक्ति सुन प्रकरणमा समातिए पछि ओलीलाई हनहनी ज्वारोले च्यापो । सुन प्रकरणमा देउवा पत्नीको त्यस्ता व्यक्तिको नाम समेत जोडिन पुगेको विषय वहश नभएको होइन कमिसनका कारण उनको नाम जोडिनु प्रकरणलाई अस्वाभाविक ठानिदैन ओली र आरजुका कारण सुन प्रकरण पनि मुहानैसम्म कठिन देखिन्छ ।
यस्ता–यस्ता पुराना फाइलहरु धेरै छन् । नारायाण काजीले हिक्मत गरेको खण्डमा यस अगाडिको ३३ किलो सुन प्रकरण, ओम्नी प्रकरण, गोकुल बास्कोटाको अडियो प्रकरण मात्र होइन ? आज कति वर्ष भयो निर्मला पन्तको हत्या भएको समेत फाइल खोलिनु पर्दछ । निर्मला पन्तको विषयमा किन बोल्न चाहाँदैनन् ओली । उनको समयमा जघन्य अपराध भएको हो । हो यस्ता फाइल त गृहमन्त्रीले प्रधान मन्त्रीको इसरा र सहयोग तथा समन्वयमा खोल्न सक्दछन् । संगठित अपराध भ्रष्टचारका कारण आम जनताको पुराना दल प्रति आस्था र विश्वास कम हुँदै गएको तथ्य नै हो । पञ्चायत कालिन समयमा भ्रष्टचारको गन्ध कही कतै आयो भने त्यस विषयमा दरबारको दृष्टि चनाखो हुन्थ्यो अनि त्यसको परिमाण आउदै थियो । २०४६ सालमा भएको राजनैतिक परिवर्तन आएका अपराध भ्रष्टचारले नराम्रो समस्या गाडेको सत्य नै हो । ठूला–ठूला पुराना–पुराना भनिने दलहरु नेतादेखि उच्च तहमा पुगेको परिवारका सदस्यको नाम आउनु व्यवस्थाका लागि अत्यन्त लज्जास्पद कुरा हो । हो सुन प्रकरणमा कृष्ण बहादुर महराका पुत्र प्रहरी अनुसन्धानको क्रममा हिरासतमा रहेका बखतमा नन्द बहादुर पुनका पुत्र घर नै हुनु भनेको लोकतान्त्रिक व्यवस्थाको अपगुण नै हो । शक्तिको आडको कारण पुन पुत्रलाई प्रहरीले घरमा पुगेर सोधपुछ गर्नु भनेको त जसको लौरो उसैको भैसी भने जस्तै हो ।
गृहमन्त्रीलाई स्वतन्त्र रुपमा छाडिएको भए बालकृष्ण खाँण, टोप बहादुर रायमाझी मात्र होइनन् धेरै नेता जेलमा हुन्थे । बालकृष्ण प्रकरणले देउवा असन्तोष भए । आफनो श्रीमतीको समेत त्यही हविगत हुन्छ की भन्ने चिन्ताले उनलाई धेरै दिन राती निद्रा लागेन । अर्को सरकारका कारण ओलीलाई समेत त्यस्तै भयो । मुलुकलाई भ्रष्टचारले दलदलमा नराम्रोसँग फसायो आम जनतामा एउटा विश्वास थियो अब भ्रष्टका दिनहरु छोटिदै छन् भन्ने तर आम जनताको विश्वासमा देउवा ओलीले विष वृक्ष रोपण गरेको यथार्थ हो । कोभिडको समयमा स्वास्थ्य सामाग्री खरिद प्रकरणको फाइल समेत खोल्न लगाउन पर्ने माग थियो तर एमालेले सदन अवरुद्ध गरेर तहस नहस बनायो । संसदिय समिति बनाउनुपर्ने माग ग¥यो अनि घटनालाई अर्कोतर्फ मोडिदिएको सत्य हो । नेकपा एमालेले भने जस्तो ससदीय समितिले अहिलेसम्म कुनै पनि भ्रष्टचारको मुद्दालाई टुगोंमा पु¥याएको छैन । सिविआई मार्फत स्वतन्त्र रुपमा गर्न दियो भने आफनो पार्टी नै रित्तिने भयो भन्ने भयको बलियो घर बनेको सत्य हो । सुन काण्डबाट देउवा ओलीको सात्तो नै गएको कारण दवावमा दाहाल र श्रेष्ठ परेको सत्य पनि हो ।
बालुवाटार जग्गा प्रकरणमा बिष्णु पौडेलले उन्मुक्ती पाउने त्यसैगरी वर्तमान अतिख्यार, प्रमुख, पुर्व मुख्य सचिव कानुनी कठघरामा नआउनु पनि दवावका उदाहरणहरु हुन । यस्तो भएपछि स–साना मात्र समिति ठूला–ठूलाले उन्मुक्ति पाउने प्रवृति र पद्दतीले ओली कै कार्यकालको निरन्तरता हो । जब सिवीआईको टोलीलाई फेर बदल गरियो तब नियत र नियती प्रष्टियो । संगठित मानव तस्कर अपराध, भ्रष्टचारको अनुसन्धानको सवालमा निर्मम बन्नुपर्ने हो तर त्यसो हुन नसकेका कारण पुराना दल प्रति नयाँ पुस्तामा वितृष्णा पैदा भएको पनि सत्य हो । पछिल्लो समयमा झापाको चिया बगान काण्डमा समेत राम्रोसँग मुद्दा अगाडि नबढाउने शर्तमा एमालेले सदन सुचारु गरेको हो । यो विषयमा ओलीको र उनका अनुयायीहरुको कानुनी कठघरामा आउने सवालमा आशावादी नै नभए भयो । यस विषयमा पनि ठूलो माछा न समातिने नै भयो । भ्रष्टचारका फाइल नखोल्ने विषयमा ओली, देउवा र दाहलबिच गोप्य सम्झौता भएको सत्य हो । एउटा सत्य के हो भने ओली र देउवा रहेसम्म पार्टी राम्रो बन्ने पनि छैन् । त्यसैले काले काले मिलेर खाउ भाले भनेको सत्य हो । ठूला दलका कारण भ्रष्टका दिन कहिल्यै अन्त्य नहुने भयो । आम जनताहरु भन्दछन् भ्रष्टहरुको दिन कहिले अन्त्य हुन्छ ? तर भ्रष्टका दिन देउवा र ओली रहे सम्म हुँदैन । सुन काण्ड प्रकरणमा देउवा ओलीको अप्रत्यक्ष सम्बन्ध देखियो । झापा चिया बगान काण्डमा पनि भएको यस्ता पात्र कानुनी कठघरामा नउभिने भए ।
(लेखक जिल्लाका क्रियाशील एवं समसामयिक विषयमा खरो रुपमा कलम चलाउने युवा पत्रकार समेत हुन् ।)