Shittalpati
रात्रि बस दुर्घटना  २० घाइते

पाल्पा,  पाल्पाबाट काठमाडौंका लागि छुटेको लु २ ख १४०३ नम्बरको बस तानसेन नगरपालिका–४, बारुदखानमा दुर्घटना हुँदा २० यात्रु घाइते भएका छन् । 

तानसेनमा बिहीबार बेलुकी भएको रात्रि बस दुर्घटनामा परेका २० जनालाई तानसेनमा रहेको मिसन अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । प्रहरीका अनुसार बसको ब्रेक फेल भएपछि दुर्घटनामा परेको हो । दुर्घटनास्थलमा दुई वटा मोटरसाइकलका साथै दुई घरमा समेत क्षति पुगेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update