Shittalpati
संघीयता विफल भए : त्यसकाे दोषी संघीय सरकार हुन्छ   :  मुख्यमन्त्री चौधरी

दाङ, लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले,  प्रदेश सरकारलाई केन्द्र सरकारले अधिकार नदिएकाे आराेप लगाएका छन । 
   शुक्रवार आयाजित एक कार्यक्रममा उनले, संघीययताको पूर्ण कार्यान्वयनका लागि प्रदेश सरकार अधिकार सम्पन्न हुनुपर्छ  ।  प्रदेशहरुलाई संवैधानिक अधिकारबाट संकुचन गर्न खाेजिनु हुदैन ।  गाउँपालिका महासंघको आयोजनामा दाङको भालुवाङमा शुक्रवार भएको स्थानीय सरकार र प्रदेश सरकारबीच प्रदेशस्तरीय परामर्श गोष्ठिलाई सम्वोधन गर्दै मुख्यमन्त्री चौधरीले, संघले अधिकार तल्लो तहमा नदिदा कार्य सम्पादनमा समस्या भइरहेको र त्यसको असर संघीयताको कार्यान्वयनमा परेकाे वताए।  स्थानीय र प्रदेश सरकार अधिकारमा सम्पन्न सरकार नहुदा सम्म संघीयता कार्यान्वयन हुदैन ।  संघीयताकाे आलोचना भईरहेको याे अबस्थामा संघीय सरकारले प्रदेशका अधिकार कटाैटी गर्ने काम गलत भयाे । 
      मुख्यमन्त्री चौधरीले प्रदेश सरकारले पाएको अधिकार समेत संघले दिन नखोज्दा संघीयता कार्यान्वयनमा समस्या भएकाे भन्दै, ‘संघीयता विफल भए पनि संघकै कारण हुदैछ भन्ने कुरा संघले नवुझेकाे आराेप लगाए । संघले पूर्ण अधिकार प्रदेशलाई दियो भने मात्रै संघीयता कार्यान्यवन हुने र प्रदेश सरकारको औचित्य हुने कुरा नवुझ्दा समस्या हुन सक्ने खतराकाे स्केत गरे । 

 

प्रकाशित मिति: शुक्रबार, भदौ २९, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update