Shittalpati
काँग्रेसले देशैभर संविधान दिवस मनाउने

पाल्पा, नेपाली काँग्रेसले देशैभर संविधान सदवस मनाउने भएको छ ।  काँग्रेसले ३ असोजमा देशका ७ सय ५३ पटै स्थानीय तहमा दिवस मनाउने भएको हो । उसले सबै स्थानीय तहमा संविधान दिवस विशेष कार्यक्रम गर्न मातहतका निकायहरूलाई पत्राचार समेत गरेको छ । 

काँग्रेसले २ असोजमा पार्टीका सर्वोच्च नेता एवम् लौहपुरुष गणेशमान सिंहको २६ औँ स्मृति दिवस र ३ असोजमा संविधान दिवन मनाउन मातहतका निकायहरूलाई परिपत्र गरेको हो । पार्टीको साउन पहिलो साता बसेको केन्द्रीय कार्यसमितिले पार्टीको एक वर्षे कार्यतालिका पास गरेको थियो । सो कार्यतालिकामा उल्लेख भएबमोजिम कार्यक्रमहरू सम्पन्न गर्न तल्ला तहलाई परिपत्र गरिएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । संविधान दिवसमा स्थानीय तहस्तरीय पार्टीका कार्यसमितिहरूलाई गतिविधि गर्न काँग्रेसले आग्रह गरेको छ । संविधान दिवसका सन्दर्भमा स्थानीय तहस्तरीय कार्यसमितिले संगीत, कला, साहित्यिक सहितको विविधयायुक्त सांस्कृतिक कार्यक्रम वा शिक्षण संस्थामा प्रजातन्त्र र संविधान विषयमा प्रवचन वा वक्तृत्वकला आयोजना गर्ने छन् ।

प्रकाशित मिति: आइतबार, भदौ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update