Shittalpati
वडाअध्यक्ष कनाैजेकाे हर्कत प्रति काँग्रेसकाे आपत्ती

गुल्मी, नेपाली काँग्रेस सत्यवतीले विज्ञप्ती प्रकाशित गरि सत्यवती  वडा १ अस्लेवाका वडाअध्यक्ष अर्जुन कनाैलेकाे गत साता भाईरल भएकाे अस्लिल भिडियाेले आमसर्वसाधारण जनसमुदायमा नकारात्मक असर परेकाे प्रति दुख व्यक्त गरेकाे छ । 

अस्लिल भिडियाे सार्वजनिक भएका कारण सामाजिक उत्तरदायित्व प्रति वेवास्ता गर्दै स्वयं वडाअध्यक्ष कनौजेले समस्याकाे पहिचान गरी समाधान गर्नुकाे साटाे उल्टै हात हतिहारले आक्रमण गर्ने धम्की दिनु आफैमा अत्यान्त्यै आपत्तिजनक क्रियाकलापलाई वढावा दिएकाे आराेप लगाएकाे छ । नेपाली काँग्रेस क्षेत्र १ का सभापति पारिश्वर ढकाल, प्रदेश सभापति सन्ताेष गाैतम, पालिका सभापति विष्णुप्रसाद भण्डारी, वडा सभापति झविलाल पाण्डेले संयुक्त हस्ताक्षर गरेकाे विज्ञप्तीमा घटनाकाे सत्यथत्य छानवीन गरि दाेषीलाई कानून अनुसार कार्यवाही गर्न जाेडदार माग गरिएकाे छ ।     वडाअध्यक्ष कनाैजेकाे अस्लिल भिडियाे सार्वजनिक भए पछि साेधपुछ गर्ने र  उनलाई यस्ताे कसरी भयाे ? भन्ने जिज्ञासा राख्ने विभिन्न व्यक्तिहरुलाई फाेन र सामाजिक सन्जाल मार्फत आफुले बन्दुक चलाउन जानेकाे र  हान्न सक्ने, राजिनामा नदिने भन्दै उल्टै धम्की र डर त्रास दिदै हिडेकाे आराेप लागीरहेकाे वेला यस्ताे विज्ञप्ती सार्वजनिक भएकाे हाे ।

प्रकाशित मिति: बुधबार, असोज ३, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update