Shittalpati
लुगाको दुनियामा नौलो आयाम : बुटवलमा लुगा घर

बुटवल, बुटवलमा नेपाली लुगा घर सञ्चालनमा आएको छ । बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा नेपाली लुगा घर सञ्चालनमा आएको हो ।

नेपालमै उत्पादित अन्तर्राष्ट्रिय गुणस्तरका पहिरन सुपथ मुल्यमा ग्राहकसम्म सिँधा पुर्‍याउने उद्देश्यले बुधबारदेखि नेपाली लुगा घर सञ्चालन गरिएको नेपाली लुगा घरका सञ्चालक प्रकाश भुसालले बताए । नेपाली घरको एक कार्यक्रमका बीच जेष्ठ नागरिक भागिरथ भुसालले उद्घाटन गरेका थिए । त्यस्तै कार्यक्रममा तयारी पोशाक संघका केन्द्रीय उपाध्यक्ष राजुप्रसाद कार्कीले नेपाली उत्पादनको बजार प्रबद्र्धनमा सबै लाग्नुपर्ने बताए । नेपाली लुगा घर शुभारम्भको अवसरमा ३ दिन सम्म फुड फेस्टिवल र गजल साँझ पनि बुधबार देखि सुरु भएको छ । 

नेपाली लुगा घरमा देशका ६ वटा ब्राण्डका लेडिज, जेन्स र बच्चाका सबै प्रकारका कपडा उपलब्ध हुने सञ्चालक भुसालले बताए । साढे २ करोडको लगानीमा सञ्चालनमा आएको नेपाली लुगा घरले उद्घाटनको अवसरमा १ रुपैयाँमा १ हजार जनालाई सेण्डो प्रदान गरिरहेको छ ।

असोज ६ गते सम्म उद्घाटन समारोहमा भएको गजल साँझमा बुद्ध राना, प्रकाश बस्नेत (गफाडी) सुदेस सत्याल, कविराज पौडेल, विष्णु पोखरेल, लिलाधर पाण्डे र खेमप्रसाद गुरुङको प्रस्तुति रहेको छ । साथै अक्सफोर्ड कलेज, दिप बोडिङ, एभरेष्ट बोडिङ, स्कलर्स होम बोडिङ स्कुल लगायतका विद्यालयले फुड फेस्टिवल पनि कार्यक्रम स्थलमा राखेका छन् ।


 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०
प्रतिक्रिया दिनुहोस्
Weather Update